ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष खत्रीले दिए आफ्नो सेवा सुविधाबाट पन्त परिवारलाई हेण्ड पम्प

dirghayu ad

दोधारा । दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशब सिह खत्रीले शिवनगर टोलका भागदेबी पन्तलाई हेण्ड पाईप सेट सहयोग गरेका छन् । कमजोर अवस्थाका पन्तको परिवारलाई शनिबार वडा अध्यक्ष खत्रीले व्यक्तिगत रुपमा सहयोग गरेका छन् ।

कमजोर आर्थिक अवस्थाका पन्तको परिवारले हेण्डपम्प बिग्रिएएपछि छिमेकीको घरबाट खानेपानी प्रयोग गर्दै आएका थिए । घरमा आफु र आफ्नो छोरा रघुनाथ पन्त रहेको र आर्थिक अवस्था निकै दैनिय रहेको कारण खानेपानीको समस्या झेल्दै आएको भागदेबी पन्तले बताइन् ।

ratnam malkhad

घरमा खानेपानीको निकै समस्या रहेको वडाध्यक्ष खत्रीलाई सुनाएपछि वडाध्यक्षले आफ्नो ब्यक्तीगत रकमबाट खरिद गरि दिएको भागदेबी पन्तले बताइन् ।

‘हाम्रो परिवारमा खानेपानीको निकै समस्या थियो । हेण्डपम्प बिग्रिएर छिमेकीको हेण्डपम्पबाट पानी लिएर खानु पथ्र्यो, वडा अध्यक्षले हाम्रो समस्या हल गरि दिनु भयो’ भागदेबी पन्तले भनिन्, ‘घरमा खानेपानीको समस्या हल गरि दिनु भएकोमा वडाध्यक्ष खत्रीज्युलाई धेरै धेरै धन्यबाद ।’

कार्यक्रममा तत्कालिन चाँदनी गाबिस वडा ९ का वडा अध्यक्ष मोहन सुनार, सामाजिक परिचालक दिपेन्द्र ढकाल, स्थानिय कालु सिंह खड्का, देबु खड्का, गोबिन्द बल्लभ पन्त लगायतका सहभागी भएका छन् ।

वडा अध्यक्ष खत्रीले आफूले नगरपालिकाबाट पाएको सेवा सुविधाबाट हेण्डपम्प सहयोग गरिएको बताए । उनले वडा अध्यक्ष निर्वाचचित भएपछि आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिवद्धता गरेका थिए ।

उनले गरीब, जेहेन्दार विद्यार्थीका लागि शिक्षाको पहुँच पु¥याउन, पैसा नभएर कापी, कलम, किताब किन्न नसक्ने कोही पनि पढाईबाट वञ्चित हुन नदिन व्यक्तिगत रुपमा समेत सहयोग गर्दै आएको बताए ।

उनले वडा अध्यक्ष भएपछि नगरपालिकाले दिएको सवारी साधन समेत प्रयोग गरेका छैनन् ।

 

Himal dental
सम्बन्धित
Loading...