ghar sansar

सार्वजनिक विदाका दिन इन्जिनियर सहित घुमघाममा निस्केको महाकाली पुल आयोजनाको गाडी युवा विद्यार्थीले लिए नियन्त्रणमा, लगाए प्रहरीको जिम्मा

khasi

महेन्द्रनगर । सार्वजनिक विदाका दिन घुमघाममा प्रयोग गरिएको महाकाली पुल आयोजनाको गाडीलाई युवा–विद्याथीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । महेन्द्रनगर भाँसीबाट आइतबार दिउँसो पुल आयोजनाको प्रदेश नं. ३ बा ०६७९ नम्बरको गाडी नियन्त्रण लिएर प्रहरीलाई बुझाएको हो ।

प्रहरी कार्यालयलाई बुझाएको यो गाडीमा पुल आयोजनाका इन्जिनियर प्रशान्त भट्ट सहितको उनका आफन्त घुमघाम गरि रहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । इन्जिनियर भट्ट केही महिना अघि मात्रै कार्यालयमा आएका हुन् । उनले हाजिर भएपछि कार्यालयको गाडीलाई आफू घर आउजाउका लागि प्रयोग गर्दै आएका थिए ।

‘इन्जिनियर साप आएपछि यो गाडी वहाँलाई घरबाट ल्याउने पुगाउने मात्रै काममा प्रयोग भयो, कार्यालयका कामकाजका एक दिन पनि साइडमा गएको छैन’ कार्यालय स्रोतले भन्यो,‘खासमा यो गाडीलाई वहाँले आफ्नो निजी जस्तो बनाउनु भाको थियो ।’

dirghayi clinic

एमाले निकट अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले सार्वजनिक विदाका दिन कर्मचारी घुमघाम गरि रहेको अवस्थामा गाडी नियन्त्रणमा लिइएको बताए ।

अ‍ेरास्ववियु, युवा संघ र माओवादी केन्द्र निकट वाइसियललगायत संगठनका नेताहरुले सरकारी गाडी दुरुपयोग रोक्नका लागि केही समययता छडके गर्दै आएको वाइसिएलका कञ्चनपुर इन्चार्ज तिलक जप्रेलले बताए ।

सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानूनी प्रावधान छ।
पुल आयोजनाको गाडीले विदाका दिन सवारी चलाउन अनुमति नलिएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले विद्यार्थीहरुले पुल आयोजनाको गाडी नियन्त्रणमा लिएर बुझाएको बताए । ‘कुन प्रयोजनमा प्रयोग गरेको भन्ने विषयमा बुझ्न बाँकी छ,’ उनले भने, ‘विद्यार्थीहरुले भरखर यहाँ गाडी बुझाएका हुन् ।’

 

Himal dental
सम्बन्धित
Loading...