ghar sansar

एमालेका वडा कमिटी सचिव देबकोटामाथि कुटपिट, दुई जना पक्राउ

महेन्द्रनगर । नेकपा एमालेको भीमदत्त नगरपालिका १८ का वडा कमिटी सचिव प्रंकाश देबकोटालाई दुई जनाले कुटपिट गरेको छ । भीनपा १८ सालघारीस्थि देवकोटालाई उनको घर अगाडि स्थानीय सुरेन्द्र बम र दिपक दमाईले कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते देवकोटाको ओठ सहित शरिरमा चोट लागेको छ । उनी उपचारका लागि मन्त्र हस्पिटलमा भर्ना भएका छन् ।

mahostaw

होहल्ला भएपछि घर बाहिर निस्केका देवकोटाले सम्झाउन खोज्दा उनीमाथि कुटपिट गरिएको स्थानीयले बताए । वडा प्रहरी कार्यालयले कुटपिटमा संललग्न दुबै जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका उनीहरुबाट खैरो हिरोइन समेत बरामद भएको छ । उनीहरु दुबैलाई वडा प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय पठाएको छ ।

वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक प्रकाश भण्डारीले कुटपिटपछि दुबै जनालाई पक्राउ गरिएको बताए ।

एमाले जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रविन्द्र देबकोटाले घाइते सचिव देबकोटालाई महाकाली प्रादेशिक अस्पतालबाट मन्त्र हस्पिलतमा रिफर गरी उपचार थालिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...