ghar sansar

कञ्चनपुरमा नयाँ अस्थायी साधन साइना प्रेसलाई सेवाग्राहीसम्म पुगाउने परिवार नियोजन संघको तयारी

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुरले परिवार नियोजनको अस्थायी साधनका रुपमा अर्को नयाँ साधनलाई सेवाग्राहीसम्म पुगाउने तयारी गरेको छ ।

बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा भित्रिएको नयाँ तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सुईलाई सेवाग्राहीसम्म पुगाउन थालिएको हो ।

,orning glory badhai

संघले सोमबार सरोकारवाला र पत्रकारहरुसित समन्वयतात्मक बैठक गरी नयाँ साधन साइन प्रेस सम्बन्धी जानकारी दिएको छ । यसपछि स्वास्थ्यमकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकासित कार्यक्रम गरी साइन प्रेसलाई सेवाग्राहीसम्म पुगाउने संघको योजना छ ।

संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद पाठकले साइना प्रेस अस्थायी परिवार नियोजनको परिस्कृत साधन भएको बताए । ‘परिवार नियोजनका धेरै अस्थायी साधन छन्, यो पनि नयाँ त्यस्तै नयाँ परिस्कृत साधन हो’ केन्द्रीय सदस्य पाठकले भने,‘यसलाई छिटो नै हामी सेवाग्राहीसम्म पुगाउँछौ ।’

बैठकमा संघका मेडिकल अधिकृत डा. स्मृति रावलले साइना प्रेस सुई सम्बन्धी जानकारी गराएकी थिइन् । उनले साइना प्रेस महिलाका लागि भरपर्दो र सजिलो नयाँ अस्थायी साधन भएको बताइन् ।

‘यो नयाँ साधन हो, डिपोको विकल्पमा पनि होइन, र डिपो जस्तै पनि होइन’ उनले भनिन्,‘यसको प्रभावकारिता ९९ प्रतिशत छ, लाउन सजिलो पनि छ, डिपोको भन्दा सुई पनि सानो छ ।’

dirghayi clinic

साइना प्रेस नयाँ भएकोले सुरुमा विश्वास गर्न नसकिने भए पनि महिलालाई सजिलोका लागि प्रयोगमा ल्याइएको बताइन् ।

मेडिकल अधिकृत रावलका अनुसार पेट, तिघा्र र थाइमा लगाउन सकिने साइना प्रेसको सुईलाई सेवाग्राही आफैंले घरमा लगेर पनि लगाउन सक्ने बताइन् । डिपोलाई पेट र तिघा्रमा मात्रै लगाउन सकिन्छ ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा शाखा अधिकृत बासदुेब विष्टले संघका कार्यक्रमबारे जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि बोहराले परिवार नियोजनका साधनहरुको प्रयोग सम्बन्धी उच्च माध्यमिक तहका विद्यार्थीहरुसित छलफल गरिनु पर्नेमा जोड दिए ।

‘अहिले पनि परिवार नियोजनका साधनको प्रयोगलाई गम्भीर रुपमा लिइएको छैन, अहिले पनि पहिला मेडिकल जान्छन्, त्यहाँ नभएपछि मात्रै विशेषज्ञ कहाँ जाने चलन छ’ उनले भने,‘यसलाई हटाउन प्लस टुका विद्यार्थीहरुसित छलफल गर्नु छ, त्यसका लागि विद्यालयसित समन्वय र सहकार्य गर्न आवश्यक छ ।’

संघका केन्द्रीय सदस्य पाठकको अध्यक्षतामा गरिएको कार्यक्रममा सचिव गिरीराज शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । संघका शाखा प्रबन्धक विष्टले कार्यक्रम सञ्चालन गरे ।

२०३५ मा स्थापना भएको संघले पछिल्लो पटक सुरक्षित गर्भपतन सेवा र तालिम केन्द्र सञ्चालन गरेको छ । संघ मातहत एउटा क्लिनिक, ३ ओटा सामुदायिक क्लिनिक, १५ मोबाइल आउटरिच र ४ वाआइसिएस छन् ।

Himal dental
सम्बन्धित
Loading...