

महेन्द्रनगर । बेदकोट नगरपालिकाले कार्यालयका कर्मचारी गणेश धानुकमाथि कुटपिट भएको घट्ना भत्र्सना गर्दै संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
नगरपालिकाले सोमबार विज्ञप्ति जारी गर्दै कर्तव्य पालनमा खटिएका कर्मचारी धानुकलाई अराजक तरीकाले कुटपिट गरिएकोमा आपत्ति जनाउँदै घट्नाको भत्र्सना गरेको छ ।


बेदकोट नगरपालिकाका कार्यालय सहयोगी धानुकलाई आइतबार राति ८ बजे कुटपिट गरिएको थियो । धानुकलाई कुटपिटपछि कर्मचारीलाई कार्यालयमा काम गर्ने वातावरण नभएको भन्दै विज्ञप्तिमा चिन्ता व्यक्त गरिएको छ ।
बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले जारी विज्ञप्तिमा कार्यस्थलमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।


