

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषधसहित २ जना पक्राउ परेका छन। भीमदत्त नगरपालिका वडा नम्बर १८ निम्बुखेडाबाट लागु औषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय दिपक दमाई पक्राउ परेका हुन्।

प्रहरीले पक्राउपछि वडा प्रहरी कार्यालयमा ल्याएपछि उनीहरुबाट ब्राउन सुगर बरामद गरिएको हो । प्रहरीका अनुसार शनिबार राति उनीहरु दुबै जनाले एमालेका वडा कमिटी सचिव प्रकाश देबकोटालाई कुटपिट गरेपछि उनीहरु पक्राउ गरिएको थियो ।

पक्राउ परेपछि वडा प्रहरी कार्यालयमा शरिर खानतलासी गर्दा ब्राउन सुगर भेटिएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट एक ग्राम १५ मिलिग्रामसहित पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।
