ghar sansar

घरमै आएका लामिछाने गृहमन्त्री भएपछि निर्मलाकी आमालाई न्याय पाउने आश, भन्छिन्– आशा मारिसकेका थियौं, वहाँ गृहमन्त्री नै हुनु भएकोले न्याय पाउँछिन् कि भन्ने आश जाग्यो

dirghayu ad

महेन्द्रनगर । पाँच महिना अघि पत्रकारिता छाडेर पार्टी गन गठन गरी महेन्द्रनगर आएका गृहमन्त्री रवि लामिछाने भीमदत्त नगरपालिका–२ उल्टाखामकी बालिका निर्मला पन्तकी आमा दुर्गादेवीलाई घरमै गएर भेटे । उनले दुर्गादेवीलाई निर्मलाको न्यायका लागि आवाज उठाउन नछोड्ने प्रतिवद्धता जनाएका थिए।

‘म थाकेको छैन, सञ्चारकर्ममा रहँदा आफ्नो क्षमताले भ्याएसम्म निर्मलाको न्यायका लागि लागिपरेको हो, अहिले बाटो फेरेँ, वाचा फेरेको छैन, राजनीतिमा आउँदा पनि यसलाई प्राथमिकतामा राखेको छु। आफ्नो क्षमताले भ्याएसम्म निर्मलालाई न्याय दिलाउन लागिरहन्छु,’ लामिछानेले दुर्गादेवीलाई भनेका थिए।

ratnam malkhad

निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। सुरुवातमा प्रहरीले घटनाको अनुसन्धानमा कमजोरी गर्दा घटना निकै गिजोलिन पुगेको छ।

१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन् । यस्तो जघन्य अपराध भएको ४ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन ।

लामिछाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा गृहमन्त्री भएका छन्। गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले सोमबार पहिलो निर्णय गरे– निर्मला पन्तलाई न्याय दिन पहल गर्ने ।

यो सँगै निर्मला प्रकरण एकपटक फेरि चर्चामा आएको छ । रवि अपराधको अनुसन्धान गर्ने नेपाल प्रहरीलाई चलाउने मन्त्रालय हाँक्न पुग्दा निर्मलाले न्याय पाउने आशा जगाएको छ ।

छोरी निर्मलाको न्यायको पर्खाइमा रहेकी दुर्गादेवी आशावादी देखिएकी छन्। लामिछाने गृहमन्त्री भएपछि छोरीले न्याय पाउने आशा जागेको उनी बताउँछिन् ।

‘यत्रो समयसम्म अपराधी पत्ता नलाग्दा छोरीले न्याय पाउने आशा नै मारिसकेका थियौं, रवि लामिछानेले टेलिभिजनमा हुँदा न्यायका लागि धेरै लाग्नुभयो,’ उनले भनिन्, ‘अहिले उहाँ राजनीतिमा लागेर गृहमन्त्री नै हुनुभएको छ, अब छोरीले न्याय पाउँछिन् कि भन्ने आश जागेको छ।’

लामिछानेलाई चार वर्षदेखि गिजोलिएको घटनाका अपराधीलाई कानूनी कठघरामा उभ्याउने चुनौती पनि छ ।

घटना पछि मात्रै देशले चार वटा गृहमन्त्री पाएको छ। निर्मलाको बलात्कार भएको समयमा तत्कालीन माओवादीका रामबहादुर थापा (बादल) गृहमन्त्री थिए । त्यसपछि एमालेका खगराज अधिकारी, कांग्रेसका बालकृष्ण खाँण हुँदै अहिले लामिछाने गृह मन्त्रालय हाँक्न पुगेका छन् । त्यतिकै संख्यामा प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख पनि फेरिएका छन्।

सयौँ शंकास्पदमाथि प्रहरीले अनुसन्धान गरेर उनीहरुको डीएनए पनि परीक्षण गरेको छ। तर अहिलेसम्म घटनामा संलग्न अपराधी पक्राउ परेका छैनन् ।

आफ्नो कार्यकालमा निर्मला प्रकरण सुल्झाउन लामिछानेलाई ‘फलामको चिउरा चपाए’ सरह हुने टिप्पणी भइरहेका छन् ।

रवि लामिछाने गृहमन्त्री बनेसँगै निर्मलालाई न्याय दिलाएर आफू परीक्षण हुने मौका रहेको महिला अधिकारकर्मी माया नेगी बताउँछिन् ।

‘निर्मला प्रकरण सबैको चासोको विषय हो, लामिछाने गृहमन्त्री बनेपछि निर्मलाले न्याय पाउनेमा हामी आशावादी छौं,’ उनले भनिन्, ‘उहाँ पहिलो निर्णय नै निर्मलालाई न्याय दिने भनेर गर्नु भएको रहेछ, सत्य, तथ्य छानबिन गरेर दोषीलाई कानूनी दायरामा ल्याएपछि रवि जी सफल हुनुहुन्छ, यो समय उहाँको परीक्षणको पनि हो ।’

Himal dental
सम्बन्धित
Loading...