ghar sansar

मुक्त कमैंयालाई कुटानी पिसानी मिल हस्तान्तरण

dirghayu ad

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका व्यवसायीक कुखुरा, हाँस र बंगुरपालनमा संलग्न मुक्त कमैंयालाई कुटानी पिसानी मिल हस्तान्तरण गरिएको छ ।

मुक्त कमैंया महिला विकास मञ्च धनगढी, कैलालीले कैलाली र कञ्चनपुरमा सञ्चालन गरेको बधुँवा मजदुरको सामाजिक, आर्थिक अधिकार प्रवद्र्धनका लागि साझेदारी परियोजना अन्र्तगत कुटानी पिसानी मिल हस्तान्तरण गरेको हो ।

ratnam malkhad

पूर्व संविधान सभा सदस्य हरि श्रीपाईलीले मञ्चले आयोना गरेको सामाजिक लेखा परिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा मिल हस्तान्तरण गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मुक्त कमैंया अझै गरिविको चपेटामा रहेकाले आर्थिक रुपमा शसक्त पारिनु पर्ने बताए ।

उनले मुक्त कमैंयालाई सीप, बीउ पूजिँ उपलव्ध गराई व्यवसाय उन्मुख गराउनु पर्ने बताए । मुक्त कमैंया महिला विकास मञ्चले पुरयाएको सहयोगको प्रशंसा गर्दै उनले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।
एफसिए नेपालको सहयोगमा कुटानी पिसानी र दान उत्पादनका लागि मिल सहयोग गरेको मञ्चका अध्यक्ष कौशिल्या चौधरीले बताईन ।

उनका अनुसार मिलका लागि इलेक्ट्री १५ हर्ष पावरको विद्युतीय मोटर, आँटा चक्की, राईस हलर, सापट, बेरिङ बकेट बुस, पुली, पट्टा, स्टाटर, मेन स्वीच, ए मिटर, भी मिटर, अर्थिङ तार, छ एमएमको एक रोल तार, कट आउछ, स्टाटर तेल,एमसिसिवी, होल्डर, क्यापासिटर, फाउन्डेसन बोल्ट, पट्टा लगायतका समान उपलव्ध गराईएको छ ।

मिलका लागि आवश्यक पर्ने सामान सहित जडान खर्च समेत मञ्चका तर्फबाट व्यहोरिएको उनले बताईन । मिलका समान खरिदका लागि दुई लाख ९९ हजार ७०५ रकम खर्च गरिएको छ ।

यसैगरी परियोजना अन्र्तगत १५ जना मुक्त कमैंयाका महिलाहरुलाई रु तीन लाख छ हजार ३३७ रकम खर्चेर सिलाई मेसिन, कपडा सहित छ महिने तालिम उपलव्ध गराईएको छ ।

छ जना तरकारी खेतीमा संलग्न मुक्त कमैंयालाई एक लाख ६५ हजार२५८ रकम खर्चेर पोलिहाउस निर्माण गरेको छ । तरकारी खेतमा संलग्न छ जनालाई साईकल समेत परियोजनाका तर्फबाट उपलव्ध गराईएको छ ।

दुई सय जना मुक्त कमैंयालाई नयाँ व्यवसायमा संलग्न गराई स्वरोजगार बनाउने, २५ प्रतिशत नयाँ उद्यमी बनाउने गरी बजार संकलनकर्ता र खरिदकर्ता संगको सम्बन्ध सुधार गर्ने र व्यवसायीक तालिम प्राप्त गरेका ७० प्रतिशत सदस्यहरुलाई व्यवसाय उन्मुख गराउने उद्देश्य लिईएको छ ।

जोखिममा परेका कमैंया परिवारको सीप विकास भई उद्यमशिलता बढाउने, सहकारी बलियो भई सामाजिक रुपान्तरणको लागि वकालत गर्न सक्षम बनाउन र मुक्त कमैंयाका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउनका लागि परियोजना सञ्चालन गरिएको छ ।

‘मुक्त कमैंयाका ५२ जना बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा उपलव्ध गराउनका लागि रु पाँच हजारका दरले छात्रबृत्ति, र कोचिङ कक्षा मार्फत सहयोग गरेका छौं’ मञ्चका अध्यक्ष चौधरीले भनिन ‘शिक्षक सहित स्टेशनरी सामान उपलव्ध गराईएका छौं ।’

उनका अनुसार हिंसा पीडित महिलाहरुलाई सहयोग गरिएको छ । सहकारीमा आवद्ध मुक्त कमैंयाका महिलाहरुलाई सहकारी मार्फत लैंङ्गीक हिंसा न्यूनिकरण गर्न मद्दत पुरयाउने कार्य संगै रोजगारका अवसर, निर्णय प्रकृयामा पहुँच बृद्धिका लागि योजना बनाई कार्यान्वयनमा ल्याईएको छ ।

परियोजना अन्र्तगत मुक्त कमैंयालाई नेतृत्व विकास तालिम, तीन दिने व्यवसाय सुरुवात तालिम, पशु व्यवस्थापन तालिम तथा बंगुर खोर निर्माण सहयोग चार जनालाई गरिएको छ ।

यसैगरी, स्थानिय जातका कुखुरा हाँस पालन सम्बन्धी तालिम, सय जना तरकारी व्यवसायीलाई अभिमुखिकरण तालिम, सय जना तरकारी खेतीमा संलग्नलाई बीउविजन वितरण, दश जनालाई पोलि हाउस सहयोग, सय जनालाई घर बगैंचा निर्माणमा सहयोग गरिएको छ ।

परियोजनाका संयोजक इन्द्र चौधरीका अनुसार स्थानिय निकाय र सहकारी विच छलफल, वित्तीय साक्षरता अभियान, सहकारीको नीति निर्माण तालिम,लेखा व्यवस्थापन तालिम, सहकारीलाई कम्प्युटर, प्रिन्टर सहयोग, तीन वटा सहकारीलाई वीउ पूँजी सहयोग, सहकारीका बजार प्रतिनिधिको तलवको व्यवस्था, लैङ्गीक समानता र महिला हिंसा सम्बन्धी छलफल कार्यक्रमm परिवार सम्बाद कार्यक्रम लगायत गरिएका छन् ।

परियोजनाको कुल बजेट ७३ लाख तीन हजार ४९४ मध्ये रु २७ लाख ४७ हजार १५६ रकम खर्च गरिएको छ । नगरपालिकाको वडा नं १,८,९ र १२ मा तीन वर्षे परियोजना सञ्चालनमा रहेको छ ।

सामाजिक लेखा परिक्षण तथा अन्र्तक्रिया कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा, उप प्रमुख कल्पना पन्त, वडा अध्यक्ष र नगरपालिकाका कृषि, पशु, सहकारी शाखा प्रमुखहरुको उपस्थीति रहेको थियो ।

कार्यक्रममा सहभागी नगर प्रमुख, उप प्रमुखले परियोजनाबाट मुक्त कमैंया लाभान्वीत भैरहेकाले अझै कार्यक्रमलाई प्रभावकारी बनाई नगरपालिकामा बसोवास गर्ने सबै मुक्त कमैंया सम्म पुग्नु पर्ने बताएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...