गड्डाचौकीको सिद्धनाथ अमर माविमा सेन्चुरी बैंकले बनायो साइकल स्टेण्ड, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्दलाई हस्तान्तरण
महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थित सिद्धनाथ अमर माध्यमिक विद्यालयमा सेन्चुरी कमर्सियल बैंक लि. कञ्चनपुर शाखाले साइलक स्टेण्ड बनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ५० हजार लगानीमा विद्यालयमा साइकल स्टेण्ड बनाएको हो ।
साइकल स्टेण्ड बुधबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख विशाल गुप्ताले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर चन्दलाई स्टेण्ड हस्तान्तरण गरे ।
हस्तान्तरणपछि समितिका अध्यक्ष चन्दले बैंकले साइकल स्टेण्ड निर्माण गरी विद्यालयको शैक्षिक विकासमा सहयोग गरेकोमा धन्यवाद सहित आभार व्यक्त गरे ।
कार्यक्रममा बैंकका कञ्चनपुर शाखा प्रमुख जनकराज जोशीले संस्थागत सामाजिक उत्तरदायित्वमाथि प्रकाश पार्दै आगामी दिनमा पनि सहयोगका कार्यलाई निरन्तरता दिने बताए ।
‘बैंकको संस्थागत सामामाजिक उत्तरदायित्व अन्र्तगत सामाजिक कार्य गर्नु बैंकको क्षेत्राधिकारभित्र पर्छ, आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिएर जान्छौ’ उनले भने ।
कार्यक्रममा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा, विद्यालयका प्रधानाध्यापक चुडामणी जोशी, बैंकका कर्मचारी सहित विद्यालयका शिक्षक कर्मचारी, विद्यालय, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्य सहभागी भएका छन् ।