ghar sansar

शुक्लाफाँटाको शिक्षा समितिमा दुई सदस्य मनोनयन, सामुदायिक वनका माग सम्बोधन गर्ने कार्यपालिकाको निर्णय

little buddha academy
khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रका सम्बन्धमा श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समुहका माग सम्बोधन गर्ने भएको छ ।

नगरपालिकाको १३५ औं कार्यपालिका बैठकले डिप टयुवेल जडान, तटबन्ध निर्माण ,इको पार्क निर्माण र पिकेट जाली राख्ने बारे शहरी विकास आयोजनाको सहकार्यमा यथासिघ्र कार्य सञ्चालन गर्न र थप सहयोगका लागि प्रदेश सरकारलाई लेखि पठाउने निर्णय गरेको छ ।

dirghayi clinic

अन्य मागहरु सम्बन्धमा नगरपालिकाबाट योजना तर्जुमा गरी संघ, प्रदेशका सम्बन्धीत मन्त्रालय लगायतका निकायमा पठाउने भएको छ ।

चालु आवको स्वीकृत कार्यक्रममा योजना परिवर्तन र रकमान्तर गर्न आवशयक भएमा सम्बन्धीत शाखा, वडा, समितिले निर्णय गरी आगामी कार्यपालिका बैठकमा पेश गर्ने, प्रत्येक वडा अन्र्तगतको नगर चक्रपथ सडक खण्डहरु निर्धारण गर्नका लागि सडक मापदण्ड कायम गर्न संभव भए नभएको मूल्याङ्कन गर्ने निर्णय गरिएको छ ।

वडाको चक्रपथ खण्ड संग जोडिने गरी अफ्नो वडाको चक्रपथ खण्ड यकिन गर्ने र चक्रपथ खण्ड एकिन गर्दा सुुरुको बिन्दु र विचमा पर्ने चोक, बजार, टोल उल्लेख गरी स्पष्टता कार्यम गर्ने निर्णय कार्यपलिका बैठकले गरेको छ ।

नगरपालिकाको नगर सभाका प्रस्तावहरुको मस्यौदा तीन दिन भित्र तयार गरी पेश गर्न शाखालाई जिम्मेवारी दिईएको छ । शिक्षा ऐन २०२८ को दफा ११टको (ख) बमोजिम नगर शिक्षा समितिमा शेर बहादुर साउद र र शान्ति ऐरलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...