ghar sansar

भीमदत्तले पुसको चिसो बढेपछि छाडा पशु चौपायाका लागि खोज्न थाल्यो जग्गा, अध्यक्षहरुलाई दिइयो जिम्मा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नगरमा रहेको छाडा पशु चौपाया व्यवस्थापनका लागि जग्गा खोजी गर्न समिति बनाएको छ । स्थानीय तह निर्वाचन भएको ९ महिनापछि नगरपालिका छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाउन पुगेको हो ।

निर्वाचनमा छाडा पशु चौपाया व्यवस्थापनलाई प्रमुख चुनावी मुद्दा बनाएका मेयर पदम बोगटीले अहिले आएर समिति गठन गरी वडा अध्यक्षलाई जिम्मा दिएका छन् ।

lotus institite

निर्वाचनमा मेयर पदम बोगटीले छाडा चौपाया व्यवस्थापनलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । त्यस अनुसार बर्दियासम्म अध्ययन गरे पनि अहिलेसम्म छाडा चौपाया व्यवस्थापन अघि बढेको छैन ।

पुसको चिसोमा कठ्याग्रिएर छाडा चौपाया मर्न थालेपछि नगरपालिका व्यवस्थापनका लागि जग्गा खोजीमा लागेको हो । नगरपालिकाले जग्गा खोजेपछि मात्रै व्यवस्थापन कार्य अघि बढ्ने देखिएको छ ।

नगर प्रमुख पदम बोगटीेको अध्यक्षतामा बिहीबार बसेको बैठकले भीनपा १३ का अध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा समिति गठन गरेको छ ।

daimond public

समितिमा १६ का वडा अध्यक्ष केशव सिंह विष्ट, १४ का वडा अध्यक्ष भोजराज जोशी,७ का वडा अध्यक्ष गणेश चन्द, ३ का वडा अध्यक्ष गगन सिंह धामी, ९ का वडा अध्यक्ष गगन सिंह कार्की, १९ का वडा अध्यक्ष जागुराम चौधरी र १८ का वडा सदस्य सीता भण्डारी सदस्य छन् ।

समितिमा भीनपा १८ का सदस्य बाहेक अन्य सबै वडा अध्यक्ष सदस्य राखिएका छन् । समितिकी सदस्य भण्डारी भीनपा १८ का वडा सदस्य हुन् । समितिमा उनलाई पार्किङ्ग व्यवस्थापन समितिमा राखिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले नगरपालिका क्षेत्रभित्रका प्रत्यक ३÷४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्ने नगर प्रवक्ता खड्काले बताए ।

‘अहिले तत्काल पुरै नगरपालिका भरिका सामुदायिक चौपाया एकै ठाउँमा व्यवस्थापन गर्न जग्गा अभाव तथा अन्य कारणले सकिने अवस्था छैन ।’ उनले भने ‘त्यसैले प्रत्यक ३÷४ वडाका चौपाया एक ठाउँमा व्यवस्थापन हुनेगरि जग्गा खोज्न समिति गठन गरिएको हो ।’

यस्तै अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि समेत सम्भावित जग्गा खोज्न समिति गठन गरिएको छ । भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टको अध्यक्षतामा वडा नं. १८ का वडाध्यक्ष रविन्द्र देवकोटा र इन्जिनियर जयराज भट्ट सदस्य रहने गरि पार्किङ व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न समिति गठन गरिएको नगर प्रवक्ता खड्काले बताए ।

‘हाम्रो वसपार्कमा सबै सार्वजनिक बस पार्किङ गर्न ठाउँ छैन । त्यसैले धेरै बसहरु वसपार्क बाहिर सडकमा अव्यवस्थित रुपमा पार्किङ गरिएका छन् । जसले गर्दा सवारी दुर्घटना र बजारको सुन्दरता समेत असर गरेको अवस्था छ ।’

उनले भने ‘सडकमा पार्किङ गरिने ती सार्वजनिक बसलाई व्यवस्थित रुपमा निश्चित ठाउँमा पार्किङ गर्न बजार क्षेत्रभित्र सम्भावित जग्गा खोज्न समेत समिति गठन गरिएको छ ।’

Himal dental
सम्बन्धित
Loading...