महेन्द्रनगर नमूना माविले मनायो ४६ औं वार्षिकोत्स, प्रधानाध्यापक साउँद र पूर्व प्रधानाध्यापक भट्टलाई दिर्घ सेवा पदक
महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ कटानस्थित महेन्द्रनगर नमूना माध्यामिक विद्यालय (साधारण स्कुल) ले ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कञ्चनपुर ३ निर्वाचन क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, अभिभावक सहभागी भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टको अध्यक्षामा गरिएको कार्यक्रममा प्रधानाध्यापक ललित सिह साउदले विद्यालयको शैक्षिक भौतिक प्रगति प्रतिवेदन प्रंस्तुत गरे । उनले विद्यालयले प्राविधिक धारतर्फ समेत पढाई संचालनदेखि शैक्षिक गुणस्तर वृद्धि भएको उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका लेखापाल महानन्द पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रमम भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलक लेखक जोशी लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा प्रधानाध्यापक ललित सिह साउद र पूर्व उकामान्त भट्टलाई दिर्घ सेवा पदक र २५ बर्ष सेवा पुगेका भवानी चन्द, पुष्पा भट्ट(जोशी), बसुन्धरा भट्ट, रमेश कुमार जोशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सुदूरपश्चिमको लोक संस्कृति झल्किने, जनचेतनामुलक नृत्य एव नाटक प्रंस्तुत गरिएका छन् । कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक सरस्वती भाट(धामी) र शिक्षक भुवन पाण्डेले गरे ।