
महेन्द्रनगर । लालझाडी गाउँपालिका–५ जाईस्थित सडकमा पैदल हिन्दै गरेका कृष्णपुर नगरपालिका–२ बस्ने २४ वर्षीय मनोज भनिने सूर्य नाथ र एक अर्का युवा पक्राउ परेका हुन् ।
शंका लागेर नाथको शरीर जाँच गर्दा उनले लगाएको ज्याकेटको खल्तिभित्र कालो प्लाष्टिकमा लुकाइछिपाई राखिएका १ दशमलव २ ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहले बताए ।

शुक्रबार करिब ४ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अन्तर्गत लागूऔषध नियन्त्रण व्युरोको महेन्द्रनगरस्थित शाखा र ईलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त टोलीलेनाथलाई पक्राउ गरेको थियो ।
यस्तै करिब ६ बजेको समयमा शुक्लाफाँटा नगरपालिका–१ खल्लामा पैदल हिन्दै गरेका सोही नगरपालिका–६ बस्ने २५ वर्षीय सुरज रानालाई पनि शंका लागेर चेकजाँच गर्दा जुत्ताको मोजाभित्र सेतो प्लाष्टिकमा लुकाइराखेको २ दशमलव ७७ ग्राम ब्राउनसुगर पनि फेला पारेको डिएसपी शाहले जानकारी दिए ।
दुबै जनालाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
