दोधारा । दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव खत्रीेले आफ्नो सेवा सुविधाबाट एक महिलालाई सहयोग गरेको छ ।
वडा अध्यक्ष खत्रीले शनिबार स्थानीय ७३ वर्षिया भाना भट्टलाई ७ हजार नगद रकम सहयोग गरेका छन् । भट्टको आर्थिक अवस्था दैनिय रहेको अवस्थामा उनको दैनिकी चलाउन आफुले पाउदै आएको वडाध्यक्षको सेवा सुबिद्याबाट उक्त रकम सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए ।
सहयोग पाएपछि भट्टले अध्यक्ष खत्रीलाई आर्शिवाद दिएकी छन् । ‘हाम्रो वडाध्यक्ष केशव खत्रीले गाँउ, बस्तीमा निकै राम्रो काम गर्नुभएको छ्’ भाना भट्टले भनिान्, ‘हामी गरिबहरुले दिएको आशिष लागोस् ।’