
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटामा अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुका लागि तीन महिने सिलाई कटाई तालिम आइवार देखि सञ्चालन भएको छ ।
एबिलिस फाउन्डेसनको सहयोगमा सुदूरपश्चिम अपाङ्गता संघले तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन कार्यक्रमको सभापतीत्व पार्वती कुमारी बिष्टले गरेकी थिईन । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वडा अध्यक्ष प्रताप सिंह धामीले गरेका छन ।

तालिम उद्घाटन गर्दै उनले तालिमका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने बताए । वडा कार्यालयका तर्फबाट हुने सहयोगका लाागि सधैं तत्पर रहने उनले बताए ।
तालिममा चार जना अपाङ्गता भएका व्यक्ति र ६ जना अपाङ्गता भएका व्यक्तिका अभिभावकको सहभागीता रहेको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेश कार्य समितिका निवर्तमान अध्यक्ष उपेन्द्र खडायतले बताए ।
अपाङ्गता भएका व्यक्तिहरु र उनका अभिभावकको आर्थिक अबस्थमा सुधार ल्याउनका लागि तालिम सहायतक हुने खडायतले बताए ।
