ghar sansar

दोधारा चाँदनीमा मानव बेचबिखन तथा लागु औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम

dirghayu ad
dirghayu clinic

दोधारा । दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा लागु औषध विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिकाको सहयोग, सुदूरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीको आयोजना र माईती नेपाल कञ्चनपुरको सहकार्यमा आज दोधारा चा“दनी नगरपालिका वडा नं. ४ स्थित स्वास्थ्य चौकीको सभा कक्षमा मानव बेचबिखन तथा लागुऔषध विरुद्ध दोधारा चाँदनी नगरपालिकाका वडा नं. १ देखि वडा नं. ५ का किशोरीहरुलाई सचेतना कार्यक्रम सम्पन्न गरिएको सुुदूरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष नन्दा खत्रीले बताइन् ।

सुदूरपश्चिम महिला जागरण उत्थान संस्था दोधारा चाँदनीका अध्यक्ष खत्रीको संयोजकत्वमा मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध जनचेतनामुलक कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु रहेका थिए ।

ratnam malkhad

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ५ का वडा हध्यक्ष केशव खत्री, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका वरिष्ठ सई महेन्द्र सिंह थापा, ट्राफिक प्रहरी शेर बहादुर चन्द, अधिकारीकर्मी धनसरा चन्द, खिमा चन्द लगायतका सहभागी भएका छन् ।

मानव बेचबिखन तथा लागुऔषध सेवनका घटनाहरु बढ्दै गएपछि त्यसलाई निर्मुल पार्न बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको दोधारा चा“दनी नगरपालिकाका मेयर लिम्बुले बताए । मानव बेचबिखन तथा लागुऔषध जनचेतनामुलक कार्यक्रमलेनै न्युनिकरण हुने मेयर लिम्बुको भनाई छ ।

मानव बेचबिखन तथा लागुऔषध बिरुद्ध दोधारा चाँदनी नगरपालिका कार्यालयले बिभिन्न समयमा गर्दै आएको जनचेतनामुलक कार्यक्रमका प्रशंसा गर्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले यस्ता जगघन्य अपराधलाई रोक्ने सबै एकजुट हुनुपर्ने बताइन् ।
कञ्चनपुरमा माईती नेपालले विगतका दिनमा गर्दै आएको मानव बेचबिखन तथा ओसारपसार रोक्न गरेको कार्यको उदाहरण दिदै आगामी दिनमा आफ्नो संस्थाबाट यस्ता कार्य रोक्न अझै बिभिन्न प्रकारको जनचेतनामुलक कार्यक्रम गर्दै जाने बताइन् ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका वरिष्ठ सई महेन्द्र सिंह थापाले बिगतका दिन भन्दा अहिले आएर लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धि हुदै आएको बताउदै मानव बेचबिखन र लागुऔषध एक आपसमा जोडिएको बिषय रहेको हुदा यसलाई रोक्न नेपाल प्रहरी सदा तयार रहेको बताए ।

दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले मानव बेचबिखन तथा लागुऔषध अहिलेको लागी युवा पिढीमा निकै जटिल समस्याकोरुपमा देखिएको हुदा यसलाई रोक्न आफुले आफ्नो वडामा बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालनका लागि योजना बनाउदै आएको बताए ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, ट्राफिक प्रहरी शेर बहादुर चन्द, अधिकारकर्मी खिमा चन्दले प्रशिक्षण दिएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...