बिक्रम सम्वत २०२३ पौष २३ गते वुवा मान सि. भण्डारी तथा आमा दुर्गाको कोखवाट जन्मनु भई जीवनका अनेक आरोह अवरोह पार गदै चुलो चौकोमा गृहणीको रुपमा रहेकी तुलसी सामाजिक तथा राजनीतिक सेवामा करीव ३० वर्षको अथक प्रयासछि नेपाली काँग्रेसको तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन् ।
वन वातावरण ,सहकारी, सामुदायिक वन क्षेत्रबाट सामाजिक सेवामा प्रवेश गर्नु भएको उनी नेपालको संरक्षणको इतिहासमा एकै व्यक्ति चार वटा सामुदायिक वनको अध्यक्ष भएर काम गरेको पहिलो नै मान्न सकिन्छ । जसमा ऐश्वर्य महिला सा.ब २०६१, वनदेवी महिला सा.व २०५८, पञ्चवटी महिला सा.ब २०५७ र प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समूह (२०५५) गरी संस्थापक अध्यक्ष भई उक्त समूहको हाल रहेको वन क्षेत्र अतिक्रमण भएको अवस्थामा अतिक्रमणकारीलाई वरिपरि रहेका स्थानिय उपभोक्ताहरुको सहयोगमा विस्तापित गरी समूहको वन क्षेत्र स्थापित गराउन सफल भएकी थिइन् ।
उनको सामाजिक कार्यको पहिलो खुटकिलो थियो । ती ४ वटा सामुदायिक वनमध्ये प्रशंसा महिला सामुदायिक वन उपभोक्ता समूह र ऐश्वर्य महिला सामुदायिक वन उपभोक्ता समूह जिल्ला वन कार्यालयबाट प्रथम पुरुषकार दिलाउन सफल भएकी हुन् ।
वन वन्यजन्तु वातावरण संरक्षण सँगसगै गाउँ वस्तीमा साहु महाजनले विपन्न दलित महिला जनजाति वर्गलाई आवश्यक परेको बेला ऋण दिँदा चर्को ब्याज तिर्नु पर्ने ब्याज पनि सावाँमा जोडेर लिने गरेको देखेकी उनले महिला विकास कार्यालय सँग समन्वय गरी २०५८ देखि हाल सालसम्म विश्वज्योति महिला विकास बहुउद्देश्यीय संस्थाको अध्यक्ष रही ग्रामीण स्तरमा रहेका विपन्न ११६५ जना महिलालाई गोलबद्ध गरी चर्को ब्याजबवाट बच्न बचत ऋण परिचालन मार्फत विपन्न दलित,जनजाति महिलाको आयआर्जन वृद्धि गर्नका साथै आत्मनिर्भर,क्षमता विकास जस्ता कार्यमा नेतृत्वदायी भुमिमा खेली रहेकी छन् ।
सबै भन्दा बढी वन क्षेत्रले ओगटेको जिल्ला कैलालीमा दिनानु दिन बढ्दै गएको वन अतिक्रमण,चोरी तस्करी,वन्यजन्तु तस्करी जस्ता कार्य भई रहेको अवस्थालाई रोकी वन वातावरण तथा जैविक विविधता संरक्षणमा गर्ने उद्देश्य राखेर २०५९ देखि २०६३ सम्म सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल कैलालीको कोषाध्यक्ष रही समूह स्तरमा लेखा व्यवस्थापनका सवालमा समूहलाई सूसुचित गराउन अहम भूमिका खेलेकी छन् ।
२०६४ देखि हालसम्म कैलाली जिल्लाका सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल जिल्ला महासंघ, कैलालीको पहिलो महिला जिल्ला अध्यक्ष रही सक्रिय पूर्वक काम गरी २०६३ देखि २०६५ असारसम्म सामुदायिक वन ,संविधान सभा र महिला सहभागिता कार्यक्रमा महिला वर्गको सशक्तिकरण, हरेक तहमा महिलाको पहुँच र प्रतिनिधित्व गर्नु पर्छ भन्ने अभियानमा कार्यक्रम संयोजकको रुपमा काम गरी सामुदायिक वनमा महिला नेतृत्व बढाउन सहयोग गरेकी थिइन् ।
२०७० देखि वन वातावरण जैविक विविधता संरक्षण र वनको पुर्नउत्पादन गर्ने खालका कार्यक्रममा सक्रिय भूमिका खेल्दै हालसम्म सुनौलो भविष्य नेपालको अध्यक्ष भएर जिम्मेवारी वहन गरेकी छन् । उनी सँगसँगै रानी जमरा सिँचाई आयोजनामा संस्थाबाट सदस्य, अत्तरिया नगर स्तरीय सामाजिक परिचालन समन्वय समितिको सदस्य, जिल्ला उद्यम विकास समिति सदस्य ,जिल्ला विकास कैलालीको जिल्ला वातावरण उर्जा जलवायु परिवर्तन समन्वय समितिको सदस्य पदमा रही वातावरण जोगाउने कार्यक्रमको अनुभव हासिल गरेकी छन् ।
उनले वातावरण क्षेत्रको सबै भन्दा ठूलो पुरुषकार २०१६ को अब्राहम संरक्षण पुरुषकार २०७३ असोज ७ गते सम्मानित भएकी थिइन् । अन्य सहकारी र सामुदायिक वनको क्षेत्र वाट सयौ पुरुषकार तथा सम्मानित हुनुका साथै दलित महिला विपन्न वर्गको पक्षमा वकालत गर्दै आएकी छन् ।
सामाजिक सेवा मा काम गर्दा गदै २०४८ मा काँग्रेसको साधारण सदस्य,२०५२ नेपाल महिला संघको साधारण सदस्य, २०६० मा गेटा गाँउ कार्य समिति उपाध्यक्ष,२०६२ क्रियाशिल सदस्य, २०६२ मा नेपाल महिला संघं गेटा गाउँ कार्य समिति उप सभापति, २०६२ नेपाल महिला संघ क्षेत्र नं. ४ को क्षेत्रिय सदस्य,२०७१ मा नेपाल महिला संघ जिल्ला कार्य समिति सदस्य ,२०६६ मा काँग्रेस क्षेत्र नंं ४ को सल्लाहकार, २०७१ मा महिला संघको महाधिवेशन प्रतिनिधि,२०६८ मा काँग्रेस कैलालीको प्रशिक्षण विभाग सदस्य तथा प्रशिक्षक , २०७६ मा राष्ट्रिय सभा सदस्यको उम्मेदार, २०७७ मा काँग्रेस कैलालीको सल्लाहकार , २०७७ मा काँग्रेस महिला विभागको सुदूरपश्चिम संयोजक , २०७८ मा काँग्रेस कैलाीबाट महाधिवेशन प्रतिनिधि भएर काँग्रेसको संगठन विस्तार र सुदृढीकरणमा भूमिका निर्वाह गरेकी छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनपछि उनी २०७९ पुस १५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छन् ।