महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा छोरीको उपचारका लागि पुगेका शुक्लाफाँटा नगरपालिका १० झलारीका पवन रानाको चोरले सामान चोरी गरेर लगेका छन ।
नातनी विरामी भएपछि पुस १७ गते महाकाली अस्पताल पुगेका रानाको विरामी वार्डबाटै २४ हजारको केही दिन अघि खरिद गरेको मोबाईल सेट चोरी भएको हो । छोरा पवन रानाले छोरी आरती रानालाई उपचारका लागि अस्पताल भर्ना गरेका थिए ।
छोरीलाई राखको बेडको सिरानीमूनी मोवाई सेट राखेका थियौं उनले भने, राती उठेर मोबाईल सेट पाएनौं । यसबारे अस्पताल सुरक्षार्थ प्रहरीलाई खवर गर्दा उल्टै आफनो सामानको सुरक्षा गर्न सक्दैनौं भनेर हप्काउने कार्य भयो । अस्पतालमा सिसिटिभी फुटेज हेर्न समेत नदिईएको उनको भनाई रहेको छ ।
आज विहान विरामीका लागि खान ल्याएका आफन्तको नयाँ साईकल समेत अस्पताल परिसरबाटै चोरी भएको उनले बताए । अस्पताल पुग्ने विरामीको सामानको शुरक्षा हुन नसक्नुमा अस्पताल प्रशासनको लापरवाही भएको विरामीहरुको भनाई रहेको छ ।
अस्पताल चोरहरुको अखाडा बनेको छ इन्द्र रानाले भने, अस्पताल सुरक्षार्थ तैनाथ प्रहरी मुक दर्शक बनेर बस्ने गरेका छन, समान चोरी भएको खवर दिदा उल्टै विरामीलाई हप्काउ छन ।
सामान चोरी भएको बारे पीडित पक्षले जिल्ला प्रहरी कार्यालमा निवदेन दिएका छन । प्रहरीले सामान भेटिए खवर गर्ने र नपाईए एक महिना पछि फोन गर्नका लागि भनेको पीडित रानाको भनाई रहेको छ ।