ghar sansar

निङ्गलाशैनी सहकारीको १४ औं स्थापना दिवस : रेडक्रसमा रक्तदान, मन्दिरमा सरसफाई

little buddha academy
khasi

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १४ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाईरहेको छ ।

सकहकारी डिभिजन कार्यालयमा २०६६ पौष १९ गतेका दिन स्थापना भई सञ्चालनमा आएको आज विहान निङ्गलाशैनी सहकारीले माता भगवति निङ्गलाशैनीको मन्दिरमा संस्था तथा संस्थामा आवद्ध सदस्यहरुको समृद्धिका लागि मन्दिरका पंडित गौरि दत्त भट्टद्वरा पूजा“ अर्चना र होम गर्ने कार्यक्रम संम्पन्न गरेको छ ।

,orning glory badhai
dirghayi clinic

संस्थाले नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुरको सहयोगमा आफ्नो केन्द्रिय कार्यालयमा कार्यक्रम संयोजक तथा सञ्चालक तर्कराज भट्टको संयोजकत्व तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रकाश थपलियाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

यसै गरी सा“झ निङ्गलाशैनी बहुउद्देश्यीय सहकारीले संस्थाका उपाध्यक्ष पवन चन्द लेखकको संयोजकत्व तथा सञ्चालक नन्दराम भाटको सह संयोजकत्वमा महाकाली अञ्चल बाल अनाथालायका बालबालिका लागि खाना खुवाउने कार्यक्रम रहेको कुरा संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष डम्बर दत्त भट्ट, पूर्व अध्यक्ष एवं पदाधिकारी, सञ्चालक, शेयर सदस्य, संस्थाका कर्मचारी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...