

दोधारा । दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा लागुऔषध विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका ७ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा लागु औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको छ ।
सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा माईती नेपाल कञ्चनपुरसित गरी कार्यक्रम गरिएको छ । संस्थाको अध्यक्ष नन्दा खत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ९ का वडा अध्यक्ष गोपीलाल कडेंल प्रमुख र ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया विशिष्ठ अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कँडेलले मा पछिल्लो समय दोधारा चा“दनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन तथा लागुऔषधको संख्यामा बृद्धि भईरहेको अवस्थामा न्यूनिकरण गर्न जरुरी रहेको उल्लेख गरे ।
मानव बेचबिखन तथा लागु औषध नियन्त्रणमा सर्वप्रथम अभिभावक नै सचेत र जिम्मेवार हुनु पर्ने उनको भनाई छ । ‘राज्यको एकल पहलले मात्र लागु औषध र मानव वेचविखन नियन्त्रण सम्भव छैन, नागरिक स्तरबाट पहल हुनु पर्ने आवश्यकता छ’ उनले भने, ‘लागुऔषध दुव्र्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने सबै सचेत हुन पर्छ ।’

विशिष्ठि अतिथि रोकायाले एक्लैले मानव बेचबिखन तथा लागुऔषध नियन्त्रण गर्न नसक्ने भन्दै यसमा सवैको साथ सहयोग आवश्यक रहने बताए । उनले सभ्य समाजको निर्माणका निम्ति कार्यक्रम उपलब्धि मुलुक हुने उल्लेख गर्दै प्रहरी र कुनै संघ–संस्थाले एक्लैले समाजमा रहेका विकृति, विसंगती नियन्त्रण गर्न नसक्ने हुँदा यस्ता जघन्य अपराधमा रोक्न सबैको दायित्व रहेकोमा जोड दिए ।
वडा अध्यक्ष रोकायाले विकृति, विसंगति रहित वडा निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताए । ‘हामी दोधारा चा“दनीलाई विकृतिमुक्त बनाउन कटिबद्ध छौं, यसमा सबैको साथ चाहिन्छ’ उनले भने ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सामाजिक र कानूनी अपराधका रुपमा रहेको लागुऔषध र मानव बेचविखन रोकथामका लागि स्थानिय स्तरमै सचेतना, रोकथाम र उपचारका विधि अवलम्वन गर्नु पर्ने सुझाव दिइन् ।
लागुऔषध तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम र अभियान सञ्चालन गरेपनि सबैको समन्वय र सहकार्यले मात्र प्रभावकारिता हासिल गर्ने माइती नेपाल कञ्चनपुरका संयोजक भट्टको भनाई छ ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ७ का वडा सदस्य तथा न्यायपालिका सदस्य कोमल उपाध्याय्, अधिकारकर्मी खिमा चन्द, माइती नेपाल कञ्चनपुरका संयोजक भट्ट, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा, वडा सदस्य पिंकी रावत, मिना धामी, वडा नं. ६ देखि वडा नं. १० सम्मका २२ जना किशोरी, आयोजक संस्थाका पदाधिकारी लगायत सहभागी भएका छन् ।
ईलाका प्रहरी कार्यालय दोधारा चा“दनी बरिष्ठ सई महेन्द्र सिंह थापा र माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले मानव बेचबिखन तथा लागुऔषध विरुद्ध जनचेतनामुलक कार्यक्रमको सहभागीहरुलाई प्रशिक्षण दिए ।

