ghar sansar

दृष्टि विहीन अपाङ्गता भएका व्यक्तिले लुइस ब्रेललाई सम्झिए

महेन्द्रनगर । बेदकोट नगरपालिकामा २१४औँ लुईस ब्रेल दिवस मनाईएको छ । राष्ट्रिय दृष्टि बिहिन संघ नेपालले दृष्ट्रि विहिन विद्यार्थीको अध्ययनका लागि ब्रेललिपी निर्माण गर्ने वैज्ञानिक लुईस ब्रेलको सम्झनामा दिवस मनाएको छ ।

राष्ट्रिय दृष्ट्रि बिहिन संघ नेपालका अध्यक्ष बलराम पन्तले ब्रेल लिपी बनाउने लुइस ब्रेल दृष्टि विहीनहरुले सधैं सम्झिने बताए । उनले कार्यक्रममा दृष्ट्रिबिहिन अपाङता भएका व्यक्तिको शैक्षिक सुधारका काममा सहयोग गर्न आब्हान गरेका छन ।

mahostaw

अध्यक्ष पन्तको अध्यक्षतामा गरिरएको कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा प्रमुख अतिथि थिए । कार्यक्रममा उप मेयर तुलसी जोशी विशिष्ठ अतिथि थिइन् ।

Himal dental
सम्बन्धित
Loading...