ghar sansar

निर्मला पन्त प्रकरण अनुसन्धानका लागि गठित समितिका संयोजक सिह महेन्द्रनगर पुगिन्, दुई तीन दिनभित्र अन्य सदस्य पनि आउने

dirghayu ad

महेन्द्रनगर । सरकारले भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिर्या निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सम्बन्धी छानबिन र अनुसन्धान गर्न गठित समितिका संयोजक प्रहरी नायब महानिरीक्षक दुर्गा सिह चन्द महेन्द्रनगर पुगेकी छन् ।

गृह मन्त्री रवि लामिछानेले पन्त प्रकरण छानबिनका लागि निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

ratnam malkhad

समितिका संंयोजक सिह यस अघि पनि निर्मला पन्त प्रकरण अनुसन्धानमा संलग्न भई सकेकी छन् । उनी एसएसपी हुँदा छानबिनका लागि महेन्द्रनगर आएकी थिइन् । अहिलेका गृहमन्त्री लामिछाने त्यस बेला पत्रकारिता हुँदा उनी पन्तको घर पुगेका थिए ।

डिआइजी सिह नेतृत्वको टोलीमा सिआईबीका एसपी कमल थापा, मनोचिकित्सक डाक्टर राजेश दत्त, इन्स्पेक्टर हिरेन्द्र रोकाया, बरिष्ठ सई दुर्गा योञ्जन सदस्य छन् । उनीहरु दुई तीनभित्र आउने प्रहरी स्रोतको भनाई छ ।

भीमदत्त नगरपालिका १८ भगतपुरस्थित साथीको घर आएकी पन्तको शव २०७५ साउन १० गते भगतपुरस्थित उखुबारीमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या गरिएको यस अघि पुष्टि भए पनि दोषी अहिलेसम्म पक्राउ परेका छैनन । पन्त प्रकरणमा सुरुदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो ।

ब्युरोले मानसिक सन्तुलन ठिक नभएका भीमदत्त नगरपालिका १९ बागफाँटाका पक्राउ गरी सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो । पन्तको न्याय माग गर्दै भएको आन्दोलनमा गोली चलेपछि एक जनाको ज्यान गएको थियो ।

Himal dental
सम्बन्धित
Loading...