ghar sansar

दोधारा चाँदनीको कमलशा मन्दिरको घण्टी चोरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ

khasi

दोधारा । मन्दिरबाट घण्टी चोरीको आरोपमा दुई भारतिय नागरिक पक्राउ परेका छन् । दोधारा चाँदनी– २ लठ्ठाघाटस्थित कमलशा मन्दिरबाट घण्टी चारी गरेको आरोपमा उद्यमसिंह नगर (भारत) निवासी वर्ष अन्ताजी १८ का आरिप अन्सारी र वर्ष २४ का बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको छ् ।

dirhayu

मन्दिरबाट साना र मध्यम गरी २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरु पक्राउ गरिएका छन् । स्थानियहरुले मन्दिरमा चढाएको घण्टी चोरी गरिरहेको भन्दै ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए ।

western public academy

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रनि अर्जुन सिंह साँउदको कमाण्डमा गएको टोलीले आरोपित भारतिय नागरिक आरिप अन्सारी र अव्वासीलाई पक्राउ गरि अनुसन्धान थालेको ईलाका प्रहरी कार्याल दोधारा चाँदनीले जनाएको छ ।

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कवाढ खरिद गर्ने निहुमा भारतीयहरुले स्थानियहरुलाई ठगी गर्दै आएको स्थानियहरुको भनाई रहेको छ ।

Himal dental
सम्बन्धित
Loading...