ghar sansar

दोधारा चाँदनीमा पनि चिसो बढेपछि दिन विद्यालय बन्द

dirghayu ad
dirghayu clinic

दोधारा । अत्यधिक चिसो बढेपछि दोधारा चाँदनी नगरपालिकाका विद्यालयमा बिदा दिएको छ । बदलिदो मौसमले अत्यधिक चिसो हुँदा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै विद्यालयहरुमा बिदा दिईएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिएका छन् ।

दोधारा चाँदनी शिक्षा शाखाले बिहीबार सूचना सार्वजनिक गरी पुस २२ देखि २९ गतेसम्म विद्यालय बन्द गरिएको जानकारी दिएको छ ।

ratnam malkhad

‘अत्यधिक चिसो बढेका कारण विद्यालयमा पठन पाठन कार्यमा कठिनाई भएकाले यस नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरुमा यही मिति २०७९÷९÷२२ देखि २०७९÷९÷२९ सम्म चालु शैक्षिक सत्र २०७९ को संचित वर्षे विदाबाट मिलान हुने गरी विदा दिने निर्णय शिक्षा समितिको मिति २०७९ पौष २१ गतेको बैठकबाट गरिएकोले सोही अनुसार गर्न गराउनु हुन अनुरोध छ’ दोधारा चाँदनी शिक्षा शाखाले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

Himal dental
सम्बन्धित
Loading...