अतिक्रमित जग्गा खाली गरी दोधारा चाँदनी नगरपालिका ५ नम्बर वडा कार्यालयले बनाउँदैछ वडा कार्यालय भवन

दोधारा । दोधारा चाँदनी नगरपालिका ५ ले वर्षौदेखि अतिक्रमित जग्गा खाली गरी वडा कार्यालय भवन बनाउने भएको छ । वडा अध्यक्ष केशव खत्रीले अतिक्रमित जग्गा खाली गरी भवन बनाउने तयारी अघि बढाएका हुन् ।

अहिले वडा नं. ५ को वडा कार्यालय भवन भाडामा सञ्चालन हुँदै आएको छ । दोधारा चाँदनीमा अघिल्लो कार्यकालमा एउटा वडा कार्यालय भवन पनि बनाउन सकिएको छैन् । यस कार्यकालमा वडा अध्यक्ष खत्रीले कार्यालय भवन लागेका छन् ।

janjyoti campus

वडा अध्यक्ष खत्रीले लामो समयदेखि अतिक्रमित हँुदै आएको बिष्णु टोलको जग्गालाई दुई महिना अघि छुट्याएका छन । वडा कार्यालय स्थापना संगै कामकाज गर्न सहज हुने वडाबासीहरुले बिश्वास लिएका छन् । वडाध्यक्ष खक्री ३ महिना अघि देखि अतित्रमित जग्गा छुट्याएर वडा कार्यालयको भवन बनाउने कसरतमा रहेका हुन् ।

वडाध्यक्ष खत्रीले वडा कार्यालयको भवन निमार्ण गर्ने कार्यलाई तिब्रता दिदै आएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयले जनाएको छ् । जग्गा नजिक रहेको मलेरिया नालामा तटबन्ध निमार्ण संगै जग्गालाई समथर बनाउने तथा स्थानियबासी संग सहकार्य कार्यलाई तदारुकताका साथ अघि बढाउदै आएको स्थानियहरुले बताए ।

वडाध्यक्ष केशव खत्रीको उक्त कार्यालाई स्थानियहरुले प्रशंसा गर्दै आएका छन् । शुक्रबार दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले वडाध्यक्ष खत्रीको पहलमा निमार्ण गर्न लागिएको वडा कार्यालय जग्गाको स्थलगत अनुगमन गरेका छन् ।

मेयर लिम्बुले स्थानीयसंग समेत राय लिएका छन् । अतिक्रमित जग्गा खाली गराएर वडा कार्यालयको भवन निमार्ण गर्न पहल गरेका वडा अध्यक्षलाई मेयर लिम्बुले धन्यबाद दिदै वडाबासीको राम्रो सहयोग देखिएको बताए ।

ghar sansar
सम्बन्धित
Loading...