ghar sansar

दोधारा चाँदनीमा रेडक्रसको आँखा शिविर, ४२५ जनाको आँखा परीक्षण

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग, नेपाल रेडक्रस सोसाईटी उप शाखा दोधाराको आयोजना र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथानमा शिविर सञ्चालन गरिएको छ ।

लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन भएको आँखा शिविरमा ४ सय २५ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरुमध्ये ९३ जनामा मोतिया बिन्दु फेला परेको र ८ जनाको आँखाका मासु बढेको फेला परेको नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले बताए ।

मोतिया बिन्दु र मासु पलाएको समस्या देखिएका बिरामीको महेन्द्रनगर स्थित नेपाल नेत्र ज्याती संघ गेटा आ“खा अस्पतालमा निःशुल्क उपचार गरिने धामीले बताए ।

‘हातले गर्ने शल्यक्रिया निशूल्क गरिने तथा मेसिनबाट हुने शल्यक्रियाको लागि बिरामीहरुले थोरै रकम खर्च व्यहोर्नु पर्ने हुन्छ’ उनले भने, ‘शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई हामीले समय दिएका छौं, सोही समयमा महेन्द्रनगर अस्पताल पुगेर वहाँहरुको शल्यक्रिया हुन्छ् ।’

dirghayi clinic

शिविरमा आाखाका बिरामीहरुलाई औषधि वितरण तथा परामर्श दिईएको छ । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका कमला उपाध्याय्ले बताइन् ।

शिविरमा आँखा अस्पताल सम्म पहुँच नभएका आँखा बिरामीहरुलाई मध्यनजर गरि शिविर सञ्चालन गरिएको उनको भनाई छ ।
रेडक्रस सोसाईटी उप शाखा दोधाराका सभापती राजेन्द्र मल्लको सभापतित्वमा संचालन भएको आँखा शिविर उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंह, नेत्र अधिकृत बिर सिंह धामी, नेत्र विशेषज्ञ आकाश श्रेष्ठ, नेत्र अधिकृत हरिकृष्ण भट्ट लगायतका सहभागी भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि मेयर लिम्बुले रेडक्रस सोसाईटी उपशाखा दोधाराले सञ्चालन गरेको आँखा शिविर अत्यन्त प्रशंसनिय रहेको उल्लेख गर्दै आगामी दिनमा दोधारा चाँदनी नगरपालिका कार्यालयले आँखाका बिरामीहरुको संख्यालाई मध्यनजर राख्दै समय अनुसार शिविर सञ्चालन गर्ने योजना बनाइने बताए ।

दोधारा चाँदनी नगरपालिकाका उप मेयर जोशी र वडा नं. १० कार्यालयको योजना अनुरुप शिविर अघि बढाईएको रेडक्रस उप शाखा दोधाराले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...