ghar sansar

श्रमजीवि कृषि सहकारीको अध्यक्षमा पुनः रोकामगर चयन

dirghayu ad

महेन्द्रनगर । श्रमजीवि कृषि सहकारी संस्थाको १० औ बार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट खडक बहादुर रोका मगरको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी देवी जोशी, सचिव भोज बहादुर ऐर र कोषाध्यक्षमा भानी चन्द चयन भएका छन् । यसैगरी समिति सदस्यमा सरस्वती नाथ, देवकी जोशी र शारदा सुनार छन् ।

ratnam malkhad

सहकारीका अध्यक्ष खडक बहादुर रोकामगरको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. १८ का अध्यक्ष रविन्द्र प्रसाद देवकोटा प्रमुख अतिथि थिए ।

सहकारीका देब बहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा उत्कृष्ट उद्यमी (ऋणी)–शिवा देवी घर्ती, उत्कृष्ट बचतकर्ता अर्जुन डगौरा, उत्कृष्ट बालबचत कर्ता–हिशिला खड्का र उत्कृष्ट कर्मचारी दुर्गा देवी बिष्टलाई सम्मान गरिएको छ ।

  

Himal dental
सम्बन्धित
Loading...