दोधारा चाँदनीको आस्था बहुउद्देश्यीय कृषि सहकारीको अध्यक्षमा साउँद

Amity

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ५ स्थित आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. को अध्यक्षमा नाफू सिह साउँद चयन भएका छन् । सहकारीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट साउँदको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

janjyoti campus

समितिको उपाध्यक्षमा रुप सिह साउँद, सचिव प्रकाश चन्द, कोषाध्यक्ष दिपकचन्द्र ओझा र सदस्यहरुमा धन बहादुर शाही, गगन खड्का, मनरुपा शाही, गंगा सिह भण्डारी, सोनी क्षेत्री र कोमल प्रसाद पन्त चयन भएका छन् ।

सहकारीको लेखा समिति संयोजकमा रमेश प्रसाख उपाध्यय र शिक्षा समिति संयोजकमा जीवछ प्रसाद यादव चयन भएका छन् ।

सहकारीका अध्यक्ष साउँदको अध्यक्षमा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना प्रमुख अतिथि थिए । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु विशिष्ठ अतिथि थिए ।

रमेश प्रसाद उपाध्ययले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रकाश चन्दले सञ्चालन गरेका थिए ।

 

ghar sansar
सम्बन्धित
Loading...