महेन्द्रनगर । नेपाल बाल संगठन बाल मन्दिर कञ्चनपुरको ३९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संगठनका केन्द्रीय सदस्य चुडामणी भट्टको प्रमुख आतिथ्यमा बाल मन्दिरमा साधारण सभा गरिएको छ ।
संगठनका कञ्चनपुरका सभापति राम बहादुर बुडाको अध्यक्षतामा कार्यक्रम गरिएको छ । साधारण सभामा वार्षिक गतिविधि सहित आगामी योजना र कार्यक्रम सम्बन्धी छलफल गरिएको छ ।
संगठनका जिल्ला सचिव दिर्घराज भट्टले सञ्चालन गरेको कार्यक्रममा उप सभापति उमेशराज पाण्डेयले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा संगठनका कार्य समिति पदाधिकारी, सदस्य सहित साधारण सदस्यहरु सहभागी भएका छन् ।