ghar sansar

सफल बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभा, यस वर्षभित्रै एक करोड शेयर पूँजी पुगाउने लक्ष्य

khasi

महेन्द्रनगर । सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

साधारण सभाबाट वार्षिक प्रगति, आर्थिक र लेखा समितिका प्रतिवेदन पारित गरिएका छन् । यसैगरी सहकारीको आगामी वर्षको अनुमानित बजेट सहित नीति कार्यक्रम र विनियम संशोधन सहितका निर्णय पारित गरिएका छन् ।

सहकारी संस्थाका अध्यक्ष होम बहादुर कुँबरको अध्यक्षतामा गरिएको कार्यक्रममा महासचिव कमलेश कुमार कपाडीले वार्षित प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

महासचिव कपाडीले प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८÷०७९ सम्म ५७ लाख २६ हजार शेयर पूँजी पुगेकोमा चालु आर्थिक वर्षभित्र एक करोड पुगाउने लक्ष्य राखिएको छ । सहकारीमा हाल १ हजार १ सय ६० शेयर सदस्य छन् । यस वर्ष शेयर सदस्य बढाएर २ हजार ५ सय पुगाउने लक्ष्य छ । २०६६ मा २९ जना शेयर सदस्यबाट सहकारी सञ्चालन गरिएको थियो ।

सहकारीले २०७९ असार मसान्तसम्म ५ करोड २ हजार निक्षेप संकलन र आर्थिक वर्ष २०७८÷०७९ सम्म एक करोड ५९ लाख ऋण लगानी गरेको छ । सहकारीले कारोबाट ८२ हजार १ सय ८४ रुपैँया खुद नाफा कमाएको छ ।

dirghayi clinic

सहकारीको उद्घाटन सत्रपछि बन्द सत्रबाट विभिन्न प्रतिवेदन सहित अनुमानित बजेट र कार्यक्रम पारित गरिएको छ । उद्घाटन सत्रमा असल बचतकर्ता सिन्धु बोहरा पाण्डेय, सलिम खान, दामोदर जोशी, असल ऋणीमा बेदप्रकाश भट्ट, अशोक शाह र सहकारीका व्यवस्थापक मान बहादुर चन्द र कर्मचारी गंगा कार्कीलाई सम्मान गरिएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि चन्दले सहकारी संस्थाको बचत र लाभाँश राम्रो भएको उल्लेख गर्दै शेयर पूँजी र शेयर सदस्य दुबै बढाउन सुझाव दिए ।

सहकारीले घरदैलोमा सेवा दिएको उल्लेख गर्दै उनले सहकारी संस्थालाई सफल बनाउन सञ्चालक समिति इमान्दार, कर्तव्यनिष्ट र सहकारीका सिद्धान्तलाई अनुसरण गरी चल्नु पर्ने आवश्यकता औँल्याए । ‘सबैभन्दा ठूलो कुरा सहकारी राम्रोसंग सञ्चालन गर्न ऐन, नियम, विनियम अनुसार चलाउन पर्छ’ उनले भने ।

सहकारीका अध्यक्ष कुँबरले सहकारीका नीति, सिद्धान्त, ऐन कानुन सबै पालना गरी सहकारी सञ्चालन गरिने उल्लेख गर्दै साधारण सभााट योजना बनाएर अघि बढ्ने बताए ।

कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष माधव प्रसाद जोशी, नेपाल बैंक लि.का प्रमुख महेशराज जोशी लगायतले शुभ कामना मन्तव्य राखे ।

सहकारीका सल्लाहकार कृष्ण बहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रम जनकराज जोशी र शंकरदत्त भट्टले सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...