ghar sansar

बेदकोटबाट लागु औषध युवक पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले लागु औषध सहित बेदकोटबाट एक जनालाई पक्राउ गरेको छ । आइतबार करिब १ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरोको महेन्द्रनगर शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त टोलीले बेदकोट नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरेको हो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार पैदल हिन्दै गरेका बेदकोट–७ का ४२ वर्षीय गणेश सिंह भण्डारीलाई शंका लागेर चेकजाँच गर्दा उनले ज्याकेटको खल्तिभित्र कालो प्लाष्टिकको थैलोमा लुकाएको फेनेगेन २० थान र रेक्सोजेसी लेखिएको १७ थान एम्पुल बरामद गरिएको छ ।

,orning glory badhai

भण्डारीलाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...