ghar sansar

सत्यवादीको व्यवस्थापन समिति अध्यक्षमा दयाल

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश दयाल चयन भएका छन् । विद्यालयका अभिभावकहरुको भेलाबाट दयालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरिएको छ ।

समितिमा भीम बहादुर ठकुराठी, सुशील ओखेडा, संगीता दयाल, शान्ति लावड, मीरा लावड, पदमराज अवस्थी र ईश्वरी पनेरू सदस्य छन् । उनीहरुमध्ये अवस्थी पदेन सदस्य र पनेरु शिक्षक प्रतिनिधि हुन् ।

mantra hos123

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिह साउँद सदस्य सचिव छन् । व्यवस्थापन समितिका अध्यक्ष दयाल लामो समयदेखि राजनीति र समाज सेवामा सक्रिय छन् । उनले विद्यालयको भौतिक र शैक्षिक विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

समितिका निवर्तमान अध्यक्ष श्याम सुन्दर ठकुराठीको अध्यक्षतमा भेला गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...