ghar sansar

पुनर्वास सहकारीको ३० औं वार्षिक साधारण सभा, किसानका लागि चिस्यान केन्द्र बनाउने निर्णय

little buddha academy
khasi

पुनर्वास । सुदूरपश्चिम प्रदेशकै पुरानो सहकारी पुनर्वास सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पुनर्वास नगरपालिका ६ प्रतिभानगरमा रहेको पुनर्वास सहकारी संस्था लिमिटेड संस्थाको प्राङ्गणमा बार्षिक साधारणसभा गरिएको छ ।

सहकारीका अध्यक्ष परशुराम बिश्वकर्माको अध्यक्षता तथा पुनर्वास नगरपालिकाका नगर प्रमूख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

,orning glory badhai

पुनर्वास नगरपालिका–६ का वडाध्यक्ष मित्र सिँह लामा, केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक समिति सदस्य भरत बहादुर बिष्टको बिशिष्ट आतिथ्य रहेको कार्यक्रममा विभिन्न सहकारी का सञ्चालक अध्यक्ष तथा समाजसेवी व्यक्तित्व सहभागी भए ।

गत वर्ष ६ करोड ७१ लाख ८० हजार रुपँयाको कारोबार गरेको संस्थाले चालू आर्थिक वर्षमा भने ७ करोड ७२ लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको सहकारीले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म २ करोड ६ लाख ४० हजार ३४३.४९ बराबरको कारोबार गरेको प्रगति विबवरणमा उल्लेख गरिएको छ ।

dirghayi clinic

सहकारीले गत आर्थिक वर्षमा ४ लाख ८७ हजार ८०५ .२९ बराबरको नाफा कमाएको सहकारीका व्यवस्थापक एक कुमार श्रेष्ठले आर्थिक प्रतिवेदनमा उल्लेख गरेका थिए ।

संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माले पुनर्वास सहकारी संस्था लि.मा चिस्यान केन्द्र स्थापना सम्बन्धमा पुनर्वास नगरपालिकाद्वारा माटो परिक्षण भई सकेको हुँदा ५०० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गर्नका लागि यस क्षेत्रका सहकारी संग समन्वय गरी यथाशीघ्र निर्माण कार्यका लागि नगरपालिका संग अनुरोध गर्ने संस्था को आगामी योजना रहेको प्रतिवेदनमा उल्लेख गरेका थिए ।

संस्थाको दुध चिस्यान केन्द्रलाई थप स्तरोन्नतीका लागि संस्थाको स्वलगानी वा स्थानिय निकाय तथा अनुदान प्रदत सरकारी र गैरसरकारी निकायहरुसंग अनुदान माग गरी विस्तार गर्ने, संस्थाको कार्यक्षेत्र अन्तर्गतका बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिलाउन युवा साना व्यवसायि स्वरोजगार कोषसंग र सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष संग भाग गरेकोले उक्त रकम प्राप्ती पछि ऋण प्रदत कोषको निर्देशिका बमोजिम लगानी गर्ने पनि आगामी योजना रहेको प्रतिवेदनमा उल्लेख छ ।

सो अवसरमा संस्था मा २५ हजार सेयर रकम जमा गर्ने ४ जना सेयर सदस्य लाई कदरपत्र सहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो भने नियमित उत्कृष्ट कारोबार गर्ने ६ जना सेयर सदस्य लाई तथा उत्कृष्ट दुग्ध बिक्री कारोबार गर्ने २ जना किसानलाई समेत साधारणसभा का अवसरमा सम्मान गरिएको थियो ।

साधारणसभा मा लेखा संयोजक रामचन्द्र भट्टराईले संस्था को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीकी उपाध्यक्ष मेनुका उप्रेतीको स्वागत मन्तव्यसँगै सुरु गरिएको साधारणसभाको सञ्चालन सहकारीका ब्यबस्थापक एककुमार श्रेष्ठले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...