ghar sansar

उन्मुक्तिको अडानले सुदूरपश्चिमको मुख्यमन्त्रीमा अन्यौल, सहमतिको प्रयास गर्दै एमाले

महेन्द्रनगर । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमाले माओवादीलाई आधा कार्यकाल गर्ने शीर्ष नेताको सहमतिमा असन्तुष्ट देखिएपछि सरकार गठन अन्यौलमा परेको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजे सम्म मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय समय सीमा दिएपछि अहिले मंगलबारसम्म अन्यौल देखिएको छ ।

प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दावि पेश गर्न तोकेको समय आउन अव एक दिन मात्रै बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टिको स्पष्ट निर्णय नहुदा प्रदेशमा कस्को नेतृत्वमा सरकार बन्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

lotus institite

केन्द्रमा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डालाई प्रधानमन्त्री बन्न समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले प्रदेशमा के गर्ने भन्ने अझै टुङ्गयाउन सकेको छैन ।

कांग्रेसको समर्थनमा आफ्नै नेतृत्वमा सरकार बनाउने वा शत्ता गठबन्धनमै रहेर एमालेको सरकार बनाउन समर्थन जनाउने भन्ने अन्यौलता नागरिक उन्मुक्ति पार्टीमा देखिन्छ । जस्ले गर्दा प्रदेश प्रमुखले तोकेको समयावधिमा सरकार बन्नेमा आशंका उत्पन्न हुन थालेका छन् ।

‘केन्द्रमा हाम्रो समर्थन कायमै रहने छ, प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिने छौं,’ प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘तर प्रदेश सरकारको हकमा केगर्ने भन्ने निर्णय भएको छैन, आज (मंगलबार) सम्म निर्णय हुन सक्दछ ।’

daimond public

उनले प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको बताइन् । ‘बाहिर जे जस्ता समाचार आएपनि हाम्रो नेतृत्वमा सरकार बनाउने विषयमा अहिले सम्म कसैसंग छलफल भएको छैन,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको छ ।

नागरिक उन्मुक्ति पार्टीको दोधारेपनका कारण सुदूरपश्चिममा कस्को नेतृत्वमा सरकार बन्ने भन्ने अझैपनि टुङ्गो लाग्न सकेको छैन । सुदूरपश्चिममा शत्तारुढ गठबन्धनलाई सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीको समर्थन आवश्यक छ ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन नभएको अवस्थामा प्रदेश सरकार निर्माणका लागि शत्ता गठबन्धनलाई बहुमत पु¥याउन नेकपा एस र स्वतन्त्र प्रदेश प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने हुन्छ । तर तत्काल नेकपा एसले पनि सरकारलाई समर्थन गर्ने सम्भावना देखिदैन ।

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरी भने तत्काल सरकारमा नगएपनि प्रदेश सरकार निर्माणका लागि आवश्यक पर्ने समर्थन दिन सकिने बताउँछन् । ‘केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि प्रदेशमा शत्ता गठबन्धनमै हुने छौं,’ प्रतिनिधि सभा सदस्य चौधरीले भने, ‘त्यसैले प्रदेशमा बन्ने सरकारका लागि नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने छ, तर हाम्रा माग पुरा गर्ने प्रतिबद्धता नभएसम्म हामी संघ र प्रदेशका कुनै पनि सरकारमा जाने छैनौं ।’

सरकारमा जानका लागि सरकारले नागरिक उन्मुक्ति पार्टीले अघि सारेका माग र मुद्धा कार्यान्वयन गर्ने प्रतिबद्धता आउनु जरुरी रहेको उनले बताए । ‘हाम्रा माग पुरा गर्न समय लाग्न सक्दछ,’ उनले भने, ‘त्यसका लागि समय तोक्न पनि हामी तयार छौं,’ तर माग पुरा गर्ने लिखित सहमति हुनु आवश्यक छ, लिखित प्रतिबद्धता नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा जान सकिदैन ।’

शत्तारुढ दल विच भएको सहमति अनुसार सुदूरपश्चिममा नेकपा एमालेले नेतृत्व पाएको छ । सुदूरपश्चिम प्रदेशमा बुधबार मुख्यमन्त्रीका लागि दावि पेश गर्न प्रदेश प्रमुखले सयम तोकेका छन् । शत्तारुढ गठबन्धन दल विच भएको सहमति अनुसार प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीमा दावि पेश गर्ने छन् ।

सुदूपश्चिम प्रदेशमा नेकपा माओबादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना गरी २९ प्रदेश सभा सदस्य पुग्ने छन् । प्रदेशमा सरकार गठनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने छ ।

Himal dental
सम्बन्धित
Loading...