ghar sansar

विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारीको २० औं साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । विश्वज्योति महिला विकास वहुउद्देश्यीय सहकारी संस्था गोदावरी ५ को २० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष तुलसी देवकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख देबराज जोशी प्रमुख अतिथि थिए ।

dirghayi clinic

८० जना सदस्यबाट सञ्चालन गरिएको सहकारीमा हाल १ हजार १ सय १७ शेयर सदस्य पुगेका छन् । सहकारी स्थापनापछि विपन्न महिला वर्गको उत्थानको लागि काम गरि रहेको उल्लेख गर्दै अध्यक्ष देवकोटाले त्यस अन्र्तगत जीविकोपार्जन घुम्ती कोष, वैदेशिक रोजगार ,कृषि, बंगुर पालन,उन्नत जाताका वाख्रा पालन,बंगुर पालन,तरकारी खेती, गाई भैसी पालन लगायतका क्षेत्रमा क्षेत्रमा ऋण लगानी गर्दै आएको बताइन् ।

सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ८ करोड ४८ लाख कारोबार गरेकोमा यस वर्ष बढेर १२ करोड बराबरको अनुमान गरेको छ । कार्यक्रम सञ्चालन संस्थाका सचिव खिमा देबी ओझा गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष देबकोटाले प्रगति विवरण, कोषाध्यक्ष लक्ष्मी भट्ट आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

सहकारीका लेखा समितिका संयोजक देब ओझा स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि जोशीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...