ghar sansar

दोधारा चाँदनी नगरपालिकाको हिउँदे अधिवेशन बुधबार

दोधारा । दोधारा चाँदनी नगरपालिकाको ९ औं नगर सभा बुधबार गर्ने तयारी गरिएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले नगर सभामा पालिकाले आर्थिक बर्षमा विनियोजित योजना कार्यक्रमको प्रगति साथै समस्या चुनौतीका बारेमा समीक्षा हुने गरिने जानकारी दिए ।

daimond public

पालिकाभित्रको अहिले सम्मको विकासको अवस्था बजेटको खर्च विवरण कार्यक्रमको उपलब्धि गुनासा काम गर्दाका समस्याका बारेमा छलफल हुने दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ । यसका साथै स्थानीय तहका ऐन कानुनको कार्यान्वयनका बारेमा पनि अधिवेशनमा छलफल हुनेछ ।

lotus institite

काम गर्दा जनताबाट आएका गुनासा समस्याको पनि सभामा छलफल हुनुको साथै योजनाहरु छिटो छरितो, पारदर्शिता, अनुगमन गर्ने सन्दर्भमा पनि छलफल हुने जनाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...