ghar sansar

कञ्चनपुरमा दुई क्रसर बन्द

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा अवैध रूपमा सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योग बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन पश्चात् जिल्ला अनुगमन समितिले अनुगमन गरेर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालका अनुसार कृष्णपुर नगरपालिका ५ मा रहेको महरा निर्माण सेवा र सोही नगरपालिकामा रहेको कैलापाल कंक्रिट उद्योगले सञ्चालन गरेको क्रसर उद्योग बन्द गरिएको छ । उनका अनुसार महरा निर्माण सेवाले अनुमति नलिई क्रसर सञ्चालन गरेको र कैलापालले नवीकरण नगरेको पाइएको हो  ।

,orning glory badhai

‘एउटाले अनुमति देखाउन सकेन, अर्कोले नवीकरण गरेको छैन,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘अनुगमन टोलीले तत्काल बन्द गराएको हो ।’ गृहले दर्ता नभई सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन भनेर निर्देशन दिएको छ ।

dirghayi clinic

जिल्लामा रहेका अन्य क्रसर उद्योगको अनुगमनका लागि पनि जिल्ला समन्वय समिति उप प्रमुख रामकुमारी रानाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वको अनुगमन समितिले उप प्रमुखको संयोजकत्वमा अनुगमन उप समिति गठन गरेको छ ।

समितिका प्राविधिकसँगै जिल्ला प्रशासनका कर्मचारी समेत छन्  । कञ्चनपुरमा हाल ५ वटा क्रसर उद्योग सञ्चालनमा छन् । उक्त उद्योगहरूको अनुगमन गरेर उप समितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ  ।

साभार : कान्तिपुर

Himal dental
सम्बन्धित
Loading...