ghar sansar

दोधारा चाँदनीका ज्येष्ठ नागरिकलाई रेडक्रसले दियो कम्बल

little buddha academy
khasi

दोधारा । अत्याधिक चिसो बढेपछि नेपाल रेडक्रसा सोसाईटी दोधारा उपशाखाले कम्वल वितरण गरेको छ । रेडक्रसले आफ्नो कार्य क्षेत्रमा रहेका ज्येष्ठ नागरिकहरुलाई ३० थान कम्वल बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल ठकुरीले बताए ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा जोशी र वडा नं. १० वडाका वडाध्यक्ष चन्द्र बहादुर सिंहको कार्यक्रम तथा योजना अनुसार बिजियोजन गरिएको रकमबाट ३० जना जेष्ठ नागरिकलाई कम्वल बितरण गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा जोशी, वडा नं. १० का वडाध्यक्ष चन्द्रै बहादुर सिंह, वडा सदस्य कमला उपाध्याय्, नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल ठकुरी, दोधारा चाँदनी– ६ का वडा सचिव माहेन सुनार लगाएत जेष्ठ नागरिक सहभागी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका नगर उपप्रमुख गंगा जोशी र वडा नं. १० वडाका वडाध्यक्ष चन्द्र बहादुर सिंहको कार्यक्रम तथा योजना अनुसार बिजियोजन गरिएको रकमबाट जेष्ठ नागरिकलाई लक्षित गरी न्यानो कपडा वितरण गरिएको रेडक्रसा सोसाईटी दोधारा उपशाखाका सदस्य तथा दोधारा चाँदनी– ७ का वडा सदस्य कमला उपाध्याय्ले बताए ।

झण्डै एक साता देखि जारी अत्याधिक चिसोबाट बृद्धबृद्धाहरुलाई जोगाउन कम्वल वितरण गरेको उनले बताए । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ देखि १० वडाका गरिब तथा बिपन्न जेष्ठ नागरिकहरुलाई कम्वल बितरण गरिएको नेपाल रेडक्रसा सोसाईटी दोधारा उपशाखाले जनाएको छ् । आज नेपाल रेडक्रसा सोसाईटी दोधारा उपशाखा कार्यालयमा आयोजित एक कार्यक्रममा कम्वल बितरण गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...