ghar sansar

पुर्नवासका किसानलाई बंगुर पालनमा सहयोग

महेन्द्रनगर । पुर्नवास नगरपालिकाका ४० जना किसानलाई बंगुर प्रदान गरिएको छ । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा सञ्चालित एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत जनही ५ बंगुर बंगुर हस्तान्तरण गरिएको छ ।

पुर्नबास नगरपालिका वडा न १ का २० जना र वडा न २ का २० जना किसानहरु लाई ५ वटा बगुरका पाठापाठी सहयोग गरिएको स्वीट नेपालका जेटिए दिपक नेपालीले बताए ।

lotus institite

पुर्नबास नगरपालिकाको वडा न १ मा भएको हस्तान्तरण कार्यक्रममा पुर्नबास नगरपालिका नगरउपप्रमुख भुलीया कुमारी राना,प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी,स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले संयुक्त रुपमा बगुर हस्तान्तरण गरे ।

कोभिड महामारी संक्रमणपछि रोजगारी गुमाई घरमै बसिरहेका महिला,दलित,एकल महिल,अपाङ्गता भएका व्यक्ति, गरीब तथा बिपन्न समुदायका व्यक्तिलाई वितरण गरिएको जानकारी स्वीट नेपालका कार्यक्रम प्रबन्धक अमीत सुनारले बताए ।

daimond public

पुनर्वास नगरपालिका १ का वडा अध्यक्ष मोहन लाल रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर उप प्रमुख भुलीया कुमारी राना प्रमुख र प्रमुख प्रशाकीय अधिकृत गणेश सिह ऐरी र स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा विशिष्ठ अतिथि थिए ।

नगरपालिकाका योजना अधिकृत शंकर बोकटीले सञ्चालन गरेको कार्यक्रममा जनप्रतिनिधि, किसान लगायतका सहभागी भएका छन् ।

स्वीट नेपाल कंञ्चनपुरले युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको सहयोगमा पुर्नबास नगरपालिकाको वडा न १,२,५,६,७ र ११ मा कृर्षि तथा पशुपालन क्षेत्रमा उद्यमी बनाई आर्थिक शशक्तिकरणका कार्यक्रम गर्दै आएको छ ।

संस्थाले तरकारी खेती, पोलि हाउस, बेसार खेती,अदुवा खेती, लगायत पशु पालनमा बगुर पालन, कुखुरा पालन,तरकारी तथा फलफुल पसल तथा साना ठूला सि“चाई योजनामा समेत काम गर्दै आईरहेको छ जसका लागी तालिम लगायतका कार्यक्रम समेत गर्दै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...