महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरले सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र सिह रावललाई बधाई दिएको छ । एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले रावल मुख्यमन्त्रीमा नियुक्त भएपछि कार्यकालको शुभ कामना सहित बधाई दिएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त रावल एमालेको पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज हुन् । एमाले कञ्चनपुरका पूर्व सचिव उनी यस पटक समानुपातिक साँसद भएर मुख्यमन्त्री भएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा रावलले सुरुमा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा दावी गरे पनि उनी अन्तिममा पछाडि हटेर प्रदेशको समानुपातिक उम्मेदवार भएका थिए । उनी उम्मेदवार भएपछि उनलाई भावी मुख्यमन्त्रीका रुपमा हेर्न थालिएको थियो ।