ghar sansar

शासकीय सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय, मुख्य सचिवको नेतृत्वमा शासकीय सुधार योजना कार्यदल गठन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शासकीय सुधारका लागि प्रदेश सरकारका मुख्य सचिवको नेतृत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन् ।

daimond public

प्रदेश प्रमुख देबराज जोशीबाट पद तथा गोपनियताको शपथ खाएर पदभार ग्रहण गरेपछि मुख्यमन्त्री रावलले शासकीय सुधारका लागि पहिलो निर्णय गरेका हुन् ।

lotus institite

मुख्यमन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना कार्यदलले तयार गर्न कार्यदल बनाएका छन् ।

गठित कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन्। एक साताभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन मुख्यमन्त्री रावलले दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...