ghar sansar

कृष्णपुरमा नागरिकसंग मेयर कार्यक्रम सुरु, पहिलो चरणमा स्वास्थ्य प्रोफाइल र दोस्रोमा स्वास्थ्य शिविर सञ्चालन गरिने

dirghayu ad

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले ‘नागरिकसँग मेयर’ कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको सभा कक्षमा नगर प्रमुख हेमराज ओझाले उक्त कार्यक्रम सुरुवात गरेका छन् ।

‘नागरिकसँग मेयर’ कार्यक्रमको पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरिकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल) बनाउने उद्देश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडाका नागरिकको घर आँगनमै गएका छन् ।

ratnam malkhad

उनीहरुले निः शुल्क रक्तचाप जाँच, दीर्घरोगी, महिलाको आङ खस्ने समस्या, मृगोला रोग, मृगोलाको प्रत्यारोपण, क्यान्सर, मुटु रोग, दम, अपाङ्गता, सिकलसेल एनिमिया, थालेसिमिया, क्रोनिल लिभर डिजिज, मष्तिस्क घात, मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगर प्रमुख ओझाले बताए ।

त्यसपछि दोस्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अघि बढाइने नगर प्रमुख ओझाले बताए । पहिलो चरणमा नगरपालिकाको ७५ हजार जनुसंख्यासम्म पुग्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणमा १५ दिनसम्म सबै वासिन्दाको घरदैलोमा पुगेर स्वास्थ्य जाँच सहित प्रोफाइलका लागि जानकारी संकलन गरिने मेयर ओझाले बताए । घरदैलोमा पुगेर स्वास्थ्य जाँच र प्रोफाइलका लागि जानकारी संकलन गर्न ११ टोली परिचालन गर्ने तयारी गरिएको छ ।

ती सबै टोलीले माघ २ गते एक साथ सबै वडामा काम सुरु गर्ने तायारी गरिएको छ । ‘११ टोली छन्, २ गते सबै वडामा एक साथ काम सुरु गर्छौ,’ उनले भने,‘१५ दिनभित्र पहिलो चरणमा काम सक्छौ ।’

Himal dental
सम्बन्धित
Loading...