
महेन्द्रनगर । महेन्द्रनगर जेसिजको अध्यक्षमा दिपकराज जोशी निर्वाचित भएका छन् । महेन्द्रनगरमा शुक्रबार सप्पन्न ३६ औं शाखा अधिवेशनबाट जोशी सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै कार्यकारी उपाध्यक्षमा लक्ष्मणदत्त पन्त र किरण बोगटी, उपाध्यक्षमा राजेन्द्र प्रसाद अवस्थी, रमेश शिह प्वाली, पवन जोशी र उत्तम पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पवन लेखकले बताए ।

निर्वाचित सम्पुर्णलाई टीका लगाइ स्वागत गरिएको र मनोनित सहितको २०२३ को पूर्ण बोर्डको पदस्थापन शनिबार होटल ९÷११ मा हुने महेन्द्रनगर जेसिज बर्ष २०२२ का अध्यक्ष कविराज अवस्थीले बताए ।
