ghar sansar

छाडा पशु चौपाया व्यवस्थापन नभएको भन्दै भीमदत्त विरुद्ध वासिन्दा आन्दोलित, कार्यालयभित्र हुल्न खोज्दा प्रहरीले रोकेपछि तनाव

khasi

महेन्द्रनगर । स्थानीय तह निर्वाचनको ८ महिनासम्म छाडा पशु चौपाया व्यवस्थापनमा भीमदत्त नगरपालिकाले वास्ता नगरिएपछि स्थानीय आक्रोशित भएर आन्दोलित भएका छन् । आक्रोशित स्थानीयले शुक्रबार छाडा पशु चौपाया नगरपालिकाभित्र हुल्न खोजेका छन् ।

स्थानीयले कार्यालयभित्र चौपाया हुल्न खोजेपछि सुरक्षाकर्मीले रोकि दिएका छन् । स्थानीयले चौापाय नगरपालिका लैजान अघि नै नगरपालिकाको प्रवेशद्वारमा प्रहरी तैनाथ गरिएका थिए ।

dirghayi clinic

चौपाया कार्यालयभित्र हुल्न खोज्ने क्रममा प्रहरीसित धकेलाधकेल भएको छ ।भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए ।

‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर कुन ठाउँमा राख्न सकिन्छ ? भनेर ठाउँ खोज्ने काम गरिरहेका छौं,’ उनले भने, ‘समितिले हामीलाई ठाउँ सिफारिश गरेको छ, अब प्रावधिक टोली सहित गएर व्यवस्थापनको काम अघि बढाउँछौं ।’

यसअघि छाडा चौपाया व्यवस्थापन नभएको भन्दै बेदकोट नगरपालिकामा पनि स्थानीय चौपाया नगरपालिकामा हुलेका थिए ।

Himal dental
सम्बन्धित
Loading...