ghar sansar

लागुऔषध दुव्र्यसन नियन्त्रण गर्न दोधारा चाँदनीका किशोर किशोरीका लागि सचेतना मुलक कार्यक्रम

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा लागुऔषध दुव्यर्सनी नियन्त्रण गर्न किशोर किशोरीका लागि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ् । दोधारा चाँदनी नगरपालिका ७ लक्ष्मी माबिमा गरिएको कार्यक्रममा वडाभित्रका २५ जना किशोर किशोरी कार्यक्रममा सहभागी भएका छन् ।

दोधारा चाँदनी नगरपालिका ७ का वडा सदस्य कमला उपाध्याय्ले शान्त र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताइन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय्, देबीसरा सुनार, लक्ष्मी माबिका शिक्षक मान बहादुर गाहा मगर, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका बरिष्ठ सई महेन्द्र सिंह थापा लगायत सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा दोधारा चाँदनी– ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले अहिले लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धि भएको प्रति चिन्ता ब्यक्त गर्दै न्युनिकरणमा सबैले लाग्नुपर्ने धारणा राखेका थिए । समाजमा शान्ति सुरक्षाको लगाी लागुऔषध नियन्त्रण कार्य अपरिहार्य रहेको बताउदै वडामा लागुऔषध दुव्र्यशनी सेवनको संख्यामा बृद्धि हुदै गएको कारण सचेतना फैलाउन अनिवार्य रहेको वडाध्यक्ष बहेक क्षेत्रीले बताएका छन् ।

‘मानिसले प्रयोग गर्ने कुनैपनि औषधी जसको सेवन गर्दा केन्द्रीय स्नायू प्रणालिमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताको भावना तथा सोचाईमा परिवर्तन ल्याउछ भने त्यसलाई लागु औषध भनिन्छ् । यसले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउदछ् । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागु औषध भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ्’ कार्यक्रममा बताईएको छ् ।

वडा सदस्य कमला उपाध्याय्ले संचालन गरेको उद्दघाटन सत्रमा स्वागत मन्तब्य वडा सदस्य देबिसरा सुनारले गरेका थिए । कार्यक्रममा सहभागीहरुले लागुऔषध दुव्र्यशनी नियन्त्रण कार्यमा एक जुठ हुने प्रतिबद्धता जाहेर गरेका थिए । दुव्र्यशनी नियन्त्रणको लागी किशोर, किशोरीहरुलाई सचेतना कार्यक्रममा प्रशिक्षण ईलाका प्रहरी कार्यालयका बरिष्ठ सई महेन्द्र सिंह थापाले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...