भीमदत्तको उप मेयरमा चुनाव लडेका जोशी भन्छन्– चुनाव जितेर ८ महिनासम्म छाडा चौपाया व्यवस्थापनमा वेवास्ता गरिनु दुर्भाग्य

Amity

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बोक्सरले भीमदत्त नगरपालिकाले स्थानीय तह निर्वाचन भएको ८ महिनासम्म छाडा पशु चौपाया व्यवस्थापनलाई वेवास्ता गर्न दुर्भाग्य भएको बताएका छन् ।

भीमदत्त नगरपालिकाका किसानले छाडा पशु चौपाया नगरपालिका कार्यालय पुगाएपछि जोशीले चुनावी प्रतिवद्धता अनुसार व्यवस्थापन हुन नसकेर कार्यालययभित्र हुल्न पर्ने अवस्था आएको बताए ।

janjyoti campus

‘चुनाव भएको ८ महिना भई सकेको छ, चुनावमा छाडा चौपाया व्यवस्थापन गर्छौ भनेर भोट मागेर जिते, अहिले केही गरिएको छैन, यी किसान दाजु भाई दिदी बहिनीले खेतीपाती बचाउन चौपाया नगरपालिका कार्यालय ल्याउनु पर्ने बाध्यता आयो’ उनले भने,‘८ महिनाको समय कम होइन, केही न केही गरिनु पथ्र्यो, केही गरिएन, यो भीमदत्तका नगरवासीका लागि दुर्भाग्य हो ।’

नगरपालिकाका विभिन्न वडाका किसानले चौपाया नगरपालिका कार्यालय पुगाएपछि जोशीले नगरपालिका पुगेर किसानलाई साथ दिएका छन् । नगरपालिकाभित्र हुल्नका लागि चौपायाहरुलाई कार्यालय पुगाउन अघि नै कार्यालयको प्रवेशद्वारमा प्रहरी तैनान गरिएको थियो । प्रहरी तैनाथ भएपछि किसानले चौपायालाई कार्यालयभित्र हुल्न सकेनन् ।

‘जनताको मागलाई सम्बोधन गर्ने भन्दा नगरपालिकाले प्रहरी लगाएर रोक्ने उल्टो बाटो खोजेको छ’ उनले भने,‘यही वाचा गरी चुनाव जिते, अहिले यिनै जनतालाई प्रहरी लगाएर रोक्न खोजिदैँछ ।’

माओवादी केन्द्रका नेता जोशी स्थानीय तह निर्वाचनमा उप मेयरमा चुनाव लडेका थिए । चुनावमा पराजित भएपछि उनले नगरपालिकाको नेतृत्वलाई चौपाया व्यवस्थापन लगायतका विकास निर्माणका कार्यमा दबाव दिँदै आएका छन् ।
किसानले चौपाया कार्यालयभित्र हुल्न खोज्ने क्रममा प्रहरीसित धकेलाधकेल भएको भएर केही समय तनाव्रस्त बनेको थियो ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए ।
‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर कुन ठाउँमा राख्न सकिन्छ ? भनेर ठाउँ खोज्ने काम गरिरहेका छौं,’ उनले भने, ‘समितिले हामीलाई ठाउँ सिफारिश गरेको छ, अब प्रावधिक टोली सहित गएर व्यवस्थापनको काम अघि बढाउँछौं ।’

यसअघि छाडा चौपाया व्यवस्थापन नभएको भन्दै बेदकोट नगरपालिकामा पनि स्थानीय चौपाया नगरपालिकामा हुलेका थिए ।

ghar sansar
सम्बन्धित
Loading...