ghar sansar

पोखरा विमान दुर्घटनामा आमा छोराले ज्यान गुमाएको शोकमा सोमबार मध्यान्हसम्म कञ्चनपुरका सबै व्यवसाय बन्द

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघले संघका साधारण सदस्य सुष्मा पाण्डेय भट्ट र उनका छोरा स्लक भट्ट पोखरा विमान दुर्घटनामा परी ज्यान गुमाएपछि शोकमा सोमबार मध्यान्हसम्म जिल्लाभरका सबै व्यवसाय गर्न आव्हान गरेको छ ।

संघका महासचिव खगेश्वर बोहराले आइतबार शोक वक्तव्य जारी गर्दै निधन भएका आमा र छोरा दुबैमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।

mahostaw

‘पोखरा विमान दुर्घटनामा परि असामयिक निधन भएको दुःखद खबरले संघ परिवार र यस क्षेत्रका उद्योगी व्यवसायीहरु अत्यन्तै दुःखित एवं मर्माहित भएका छन । यश दुःखद घडिमा शोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गर्दै मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ’ शोक वक्तव्यमा भनिएको छ ।

संघले सोमबार मध्यान्ह १२ बजेसम्म कञ्चनपुर जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय बन्द गरि दिन हुन सबै व्यवसायीमा अनुरोध गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...