ghar sansar

कृष्णपुरमा बालश्रम शोषण अनुगमनका लागि निगरानी समूह गठन

little buddha academy
khasi

महेन्द्रंनगर । कृष्णपुर नगरपालिका वडा नं. २ बाणीमा शनिबार कार्यक्रमबीच बालश्रम शोषणको रोकथाम, प्रारम्भिक पहिचान र अवस्था अनुगमनकालागि निगरानी समूह गठन गरिएको छ ।

आफन्त नेपालको आयोजनामा कृष्णपुर नगरपालिका वडा २ का वडा अध्यक्ष अर्जुन साउदको अध्यक्षतामा भएको बाल क्लब, बाल क्लब सञ्जाल, महिला समूह, आमा समूह, शिक्षक, बाल संरक्षण समिति लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिको भेलाले ‘बालश्रम शोषणको रोकथाम, प्रारम्भिक पहिचान र अवस्था अनुगमनका लागि निगरानी समूह गठन’ गरेको हो ।

,orning glory badhai

प्रगतिशिल आमा समूहका अध्यक्ष शर्मिला थापाको संयोजकत्वमा गठन गरिएको ११ सदस्सीय निगरानी समुहमा मोहन सिंह रोकाया, हिक्मत भण्डारी, रोषन बोहरा, कलावती जाग्री, बम्मन राना, गणेशदत्त जोशी, भुवन धामी, जिवन चौधरी, कृष्णा साउद सदस्य र मोहन बहादुर भण्डारी सदस्य सचिव छन् ।

dirghayi clinic

कार्यक्रममा वडा अध्यक्ष अर्जुन साउद, कार्य पालिका सदस्य साबित्री भारती, तेस्रो आँखा युवा क्लबका अध्यक्ष मोहन सिंह रोकाया, जय महाकाल युवा समुहका महासचिव हिक्मत भण्डारी, श्री उदय मा.बि. बंकका प्रध्यानअध्यापक बम्मन राना, प्रगतिशिल आमा समुहका अध्यक्ष शर्मिला थापा, महिला समुहका कलावती जाग्री, लेखक संघका दिपेन्द्र पाल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

मानव बेचबिखन तथा ओसारपसार र बालश्रम शोषण सम्बन्धी सवालमा स्थानिय व्यतिmहरुलाई सम्वेदनशील र जिम्मेवार बनाउदै बालश्रम, मानव बेचबिखन तथा ओसारपसारको प्रारम्भीक पहिचान, अवस्था अनुगमन पुर्व सुचना सम्प्रेषण गर्ने उद्धेश्यले समुदाय स्तरमा निगरानी समुह गठन गरिएको आफन्त नेपालका कार्यक्रम अधिकृत बिर बहादुर नेपाली ले बताए ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) र आफन्त नेपालको साझेदारीमा सञ्चालित बालश्रम शोषण रोकथाम, स्थानागमन तथा बेचबिखन विरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण पारियोजना अन्तरगत निगरानी समूह गठन गरिएको हो ।

श्रम शोषण सम्बन्धी बेचबिखन समस्यालाई रोक्न र सम्बोधनगर्न स्थानीय स्तरमा निगरानी समूह सक्रिय हँुदै स्थानिय स्तरमा मानव बेचबिखन, बालश्रम शोषण र स्थानागमनको रोकथाम लगायतका विषयमा समुदायका व्यतिm सचेत हुँदै समुदाय स्तरमै बालश्रम तथा बेचबिखनका घटना रोकिने विश्वास संस्थाले लिएको कार्यक्रम अधिकृत बिर बहादुर नेपालीले बताए ।

Himal dental
सम्बन्धित
Loading...