ghar sansar

समन्वय समितिले फेरि राख्यो छाडा चौपाया व्यवस्थापनका लागि सर्वपक्षीय बैठक, अल्पकालिन र दिर्घकालिन हल खोज्नु सुझाव

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले छाडा पशु चौपाया व्यवस्थापनका लागि आयोजना गरेको सर्बपक्षीय बैठकमा तीन स्थानीय तहका प्रमुख राजनीतिक दल, सरकारी अधिकारी र सरोकारवाला सहभागी भएका छन् ।

जिल्ला समन्वय समितिमा गरिएको बैठकमा सहभागीहरुले छाडा पशु चौपाया व्यवस्थापनका लागि आ–आफ्ना सुझाव दिएका छन् । छाडा चौपाया व्यवस्थापनलाई अल्पकालिन र दिर्घकालिन योजना बनाएर हल गर्न सकिने सुझाव अधिकाँश सहभागीले दिएका छन् ।

dirghayi clinic

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा र कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा सहभागी भएका छन् ।

काँग्रेसका मिन बहादुर सिह, माओवादी केन्द्रका कृष्णदत्त जोशी बोक्सर, राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्द, राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँबर लगायतका नेता सहभागी भए । यसैगरी प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, प्रहरी उपरीक्षक श्याम सिह चौधरी, सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐर, जिल्ला वन अधिकृत शम्भु प्रसाद तिवारी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वार्डेन अशोक मेहता, नेपाल लोक कल्याणकारी ट्रस्टका हरिशशरण महाराज लगायतका जनप्रतिनिधि, अधिकारकर्मी सहभागी भएका छन् ।

बेदकोट र भीमदत्त नगरपालिकामा स्थानीयले छाडा पशु चौपाया व्यवस्थापनका माग गर्दै नगरपालिका कार्यालयसम्म पुगाएका छन् । स्थानीयले चौपाया नगरपालिकामा ल्याएर आन्दोलन गर्न थालेपछि समन्वय समिति जिल्लास्थित सबै सरोकारवालासित छलफल गरी समाधानका लागि अघि बढेको हो ।

समन्वय समितिले यस अघि पनि छाडा चौपाया व्यवस्थानका लागि सर्वपक्षीय बैठक राखेको थियो । यस अघि राखेका बैठकलाई निरन्तरता दिने गरी बुधबार फेरि बैठक राखिएको छ । कार्यक्रमका केही सहभागीले बैठक मात्रै राखेर समस्या हल नहुने भन्दै गरिएका निर्णय कार्यान्वयन हुनु पर्नेमा जोड दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...