ghar sansar

छाडा चौपाया व्यवस्थापन सर्वपक्षीय बैठकमा सामुदायिक वन महासंघका सदस्य सार्कीले भने– जनप्रतिनिधि र कर्मचारी सबैले एक÷एक गाई लिएर जाऔ, म पनि एक गाई लिएर जान्छु

dirghayu ad

महेन्द्रनगर । वन संरक्षणकर्मी राजुराम सार्की भुलले छाडा पशु चौपाया व्यवस्थापनका लागि जनप्रतिनिधि र सरकारी कर्मचारी सबैले गाई पाल्नु पर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिमा गरिएको सर्वपक्षीय बैठकमा उनले आफूले एक गाई लैजाने वाचा गर्दै जनप्रतिनिधि र कर्मचारीले एक एक गाई लगेर पाल्नु पर्ने धारणा राखेका हुन् ।

ratnam malkhad

‘छाडा गाई गोरुको समस्या छ, समस्या छ भनेर मात्रै भएन, जसरी भन्छौ त्यसरी हल नि गर्नु हुनु पर्छ, त्यसका लागि आफैंबाट सुरुवात हुनु पर्छ, मलाई आज नै एउटा गाई दिनु म लग्छु’ सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ कञ्चनपुरका सदस्य सार्कीले भने, ,‘सबै जनप्रतिनिधि र कर्मचारीले पनि एक÷एक गाई लिएर जाऔ, समस्या हल हुन्छ ।’

छाडा पशु चौपायाको समस्या बर्सेनी बढ्दै गएको उल्लेख गर्दै उनले समुदाय स्तरमा गाई ग्रहण लगायतका कार्यक्रम गरिनु पर्नेमा जोड दिए ।

स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनमा गरेका काम सन्तोसजनक नभएको उल्लेख गर्दै उनले त्यसलाई व्यवस्थित र दिर्घकालिन बनाउनु पर्नेमा जोड दिए ।

स्थानीय तह निर्वाचनमा मेयरले घोषणा पत्रमा छाडा पशु चौपाया व्यवस्थापनको वाचा राखिनु नै गल्ती भएको उनको भनाई थियो । ‘हिजो चुनाव लड्दा मेनिफेस्टोमा छाडा चौपाया व्यवस्थापनको प्रमुख मुद्दाका रुपमा राखियो, त्यो नराखेको भए नि केही फरक पर्दैन्थ्यो’ उनले भने,‘अहिले त्यो वाचाले पनि मेयर सापहरुलाई समस्या परेको छ ।’

Himal dental
सम्बन्धित
Loading...